×

NMB BANK
NIC ASIA

जयपृथ्वी नगरपालिकामा चुनावी चहलपहलः मेयरका लागि उपमेयरदेखि पुरानै आकांक्षीको चर्चा

फागुन ९, २०७८

NTC
Premier Steels

स्थानीय निर्वाचनको मिति घोषणा भएयता सबै क्षेत्रका स्थानीय तहमा निर्वाचनको तरंग पैदा भएको छ ।

Muktinath Bank

सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा राजनीतिक दल तथा आकांक्षी व्यक्तिहरू आन्तरिक तयारीमा जुटिसकेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।


Advertisment
Nabil box
Kumari

यसैबीच, सुदूरपश्चिम प्रदेशको उत्तरी पहाडी जिल्ला बझाङस्थित स्थानीय तहमा पनि आगामी निर्वाचनको चहलपहल बढेको छ । जिल्लाको २ नगरपालिकामध्ये जयपृथ्वी नगरपालिकामा चुनावी गतिविधि बढेको छ ।

Vianet communication

दलहरूबाट उम्मेदवारको टुंगो लाग्न बाँकी नै छँदा नेताहरू आकांक्षी देखिन थालेका छन् । नेताहरू टिकटका लागि लबिङमा जुटिसकेका छन् ।

एकै दलबाट २ भन्दा बढी मेयरका आकांक्षी देखिएका छन् । नेकपा एमालेकी नेत्री समेत रहेकी नगरपालिकाकी उपमेयर जुना जाग्रीले आउँदो निर्वाचनमा मेयरका लागि आकांक्षा देखाएकी छन् ।

उनले भनिन्, ‘यहाँको विकास निर्माणले गति लिएको छ । केही निर्माण सम्पन्न भइसकेका छन् । केही निर्माणको क्रममा छन् । हामी शुरूका योजना सम्पन्न गर्नलाई र यहाँको सबै विकासे मुद्दाहरूबारे जानकार रहेकाले पार्टीले जिम्मेवारी दिएको अवस्थामा मेयरमा मेरो दाबी रहन सक्छ ।’

नेकपा एमालेबाट सुरतबहादुर सिंह र लालबहादुर खड्काले पनि आकांक्षा व्यक्त गर्दै आएका छन् ।

नेकपा माओवादी केन्द्रबाट वाईसीएल केन्द्रीय उपाध्यक्ष रहेका रतनबहादुर सिंह, गत निर्वाचनमा मेयरका उम्मेदबार नरेन्द्र खड्का, वडा नम्बर ६ का वडाध्यक्ष नरेन्द्र सिंहले पनि मेयरका लागि आकांक्षी रहेको बताएका छन् । नेकपा एकीकृत समाजवादीबाट कलक धामी आकांक्षी देखिएका छन् ।

नेपाली कांग्रेसबाट गत निर्वाचनमा मेयरका उम्मेदवार रहेका चेतराज बजाल, वडा नम्बर १० का वडाध्यक्ष दलबहादुर बिष्ट, कांग्रेस पूर्व जिल्ला सभापति हर्क जंग बहादुर सिंह, नेता पूर्णबहादुर खड्काले आकांक्षा व्यक्त गरेका छन् । विवेकशील साझा पार्टीबाट मीनबहादुर सिंहको पनि चर्चा चलिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x