१२ साउन २०८३, मंगलबार

सञ्चालक खरेलको निधनमा रिद्धि सिद्धि सिमेन्टले गर्‍यो दुःख प्रकट

फागुन १३, २०७८
सञ्चालक खरेलको निधनमा रिद्धि सिद्धि सिमेन्टले गर्‍यो दुःख प्रकट

रिद्धि सिद्धि सिमेन्ट प्रालिका सञ्चालक राजेश खरेलको निधनमा कम्पनीले दुःख व्यक्त गरेको छ । 

सञ्चालक खरेलको ४५ बर्षको उमेरमा  गत फागुन ५ गते निधन भएको थियो । 

कम्पनीले खरेलले नेपाली बजारमा सिमेन्ट उद्योग क्षेत्र अन्तर्गत अतुलनीय उत्कृष्ट गुणस्तरका उत्पादन तथा सेवा उपलब्ध गराउँदै देश तथा जनताका लागि उल्लेखनिय योगदान पुर्‍याउँदै आइरहेको समेत स्मरण गरेको छ । 

विसं. २०७३ सालमा हेटौंडाको रातोमाटेमा स्थापित रिद्धि सिद्धि सिमेन्ट, शंकर गु्रप र अम्बे गु्रपको भेन्चर हो । स्थापना कालको ५ बर्ष भित्रै अतुलनीय गुणस्तरका उत्पादन तथा नवप्रबर्तनात्मक सेवा उपलब्ध गराउने कम्पनीका रुपमा रिद्धि सिद्धि स्थापित भइसकेको कम्पनीले जनाएको छ । 

यसरी स्थापनाको छोटो अवधिमै नेपाली उपभोक्ता माझ सफल र विश्वसनीय कम्पनीका रुपमा रिद्धि सिद्धिलाई स्थापित गराउनमा खरेलको अथक मिहेनत, अतुलनीय निस्वार्थ समर्पण र कार्यप्रतिको निष्ठाले उल्लेखनीय भूमिका खेलेको कम्पनीले जनाएको छ ।

कम्पनीले भनेको छ,‘यस्ता कर्मठ, निस्वार्थ सञ्चालकलाई अल्पायूमै गुमाउनु पर्दा रिद्धि सिद्धि सिमेन्ट प्रालि परिवार निकै मर्माहत भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्