
रिद्धि सिद्धि सिमेन्ट प्रालिका सञ्चालक राजेश खरेलको निधनमा कम्पनीले दुःख व्यक्त गरेको छ ।
सञ्चालक खरेलको ४५ बर्षको उमेरमा गत फागुन ५ गते निधन भएको थियो ।
कम्पनीले खरेलले नेपाली बजारमा सिमेन्ट उद्योग क्षेत्र अन्तर्गत अतुलनीय उत्कृष्ट गुणस्तरका उत्पादन तथा सेवा उपलब्ध गराउँदै देश तथा जनताका लागि उल्लेखनिय योगदान पुर्याउँदै आइरहेको समेत स्मरण गरेको छ ।
विसं. २०७३ सालमा हेटौंडाको रातोमाटेमा स्थापित रिद्धि सिद्धि सिमेन्ट, शंकर गु्रप र अम्बे गु्रपको भेन्चर हो । स्थापना कालको ५ बर्ष भित्रै अतुलनीय गुणस्तरका उत्पादन तथा नवप्रबर्तनात्मक सेवा उपलब्ध गराउने कम्पनीका रुपमा रिद्धि सिद्धि स्थापित भइसकेको कम्पनीले जनाएको छ ।
यसरी स्थापनाको छोटो अवधिमै नेपाली उपभोक्ता माझ सफल र विश्वसनीय कम्पनीका रुपमा रिद्धि सिद्धिलाई स्थापित गराउनमा खरेलको अथक मिहेनत, अतुलनीय निस्वार्थ समर्पण र कार्यप्रतिको निष्ठाले उल्लेखनीय भूमिका खेलेको कम्पनीले जनाएको छ ।
कम्पनीले भनेको छ,‘यस्ता कर्मठ, निस्वार्थ सञ्चालकलाई अल्पायूमै गुमाउनु पर्दा रिद्धि सिद्धि सिमेन्ट प्रालि परिवार निकै मर्माहत भएको छ ।’