×

NMB BANK
NIC ASIA

राष्ट्रसेवक

राष्ट्रसेवक प्रेमराज : हरेक निर्वाचनको अग्रपंक्तिमा, भए देशकै उत्कृष्ट

फागुन १४, २०७८

NTC
Premier Steels

सरकारले स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने घोषणा गरेको छ । सबै क्षेत्रमा निर्वाचनको माहोल तात्दै गएको छ । नागरिकहरू आफ्नो नेतृत्व छान्ने दिनको व्यग्र पर्खाइमा छन् ।

Muktinath Bank

अर्कोतिर व्यवस्थापकीय एवं निर्वाचनको तयारीको चटारो निर्वाचन आयोग तथा निर्वाचन कार्यालयलाई छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टलाई निर्वाचनको व्यवस्थापकीय तयारीकै बढी भार छ । आफ्नो नियमित कार्य भन्दै उनी र मातहतको टीम निर्वाचन आयोगको निर्देशनलाई पछ्याउँदै कस्सिएर तयारीमा होमिएको छ ।


Advertisment
Nabil box
Kumari

उनले लोकान्तरसँग भने, ‘मेरो कामको सीमा र समय हुँदैन । कहिल्यै कुनै दिन फुर्सदमा छैन । बिहान ७ बजे कार्यालय आउँछु, साँझ ७ बजे घर जान्छु । कुनै बेला अबेर रातिसम्म काम गर्नुपर्छ । आफ्नै काम हो, जिम्मेवारी हो ।’

Vianet communication

लोकान्तरसँगको कुराकानीकै क्रममा भट्टले दर्जनौं स्थानीय तह प्रमुखलाई फागुन १९ गते वडा कार्यालयमा मतदाता नामावली प्रकाशनको सूचना टाँसिने सूचना दिन भ्याए । कतिबेला आयोगबाट आउँदै गरेको पलपलको निर्देशनलाई ग्रहण गरिरहेका थिए । मातहतका निकाय तथा कर्मचारीलाई आवश्यक निर्देशन पनि दिन भ्याइरहेका थिए ।

निकै फुर्तिला, ऊर्जावान र स्पष्ट वक्ता समेत रहेका भट्टको कार्यसम्पादन शैली निकै पृथक छ । उनी निकै सहजताका साथ आसन्न निर्वाचन सम्पन्न गर्ने पूर्ण मनस्थितिमा छन् ।

उनको यस्तै कार्यदक्षताले निर्वाचन आयोगले उनलाई फागुन ७ गते छैटौं निर्वाचन दिवसको अवसरमा देशकै उत्कृष्ट कर्मचारी पुरस्कारबाट नगदसहित पुरस्कृत गरेको छ ।

तर उनका लागि उत्कृष्ट कर्मचारी पुरस्कार पहिलो भने होइन, उनले यसअघि राष्ट्रिय पुरस्कार तथा पदकहरू पाइसकेका छन् ।

१८ वर्षदेखि निर्वाचनको अग्रमोर्चामा

डोटी जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरा स्थायी घर भएका ४१ वर्षीय भट्टले जीवनमा निकै ठूलो संघर्ष र त्याग गरेका छन् ।

भट्टको परिवारमा उनीसहित ३ दाजुभाइ, १ दिदी र १ बहिनी छन् । सानै उमेरमा बुवा गुमाएका भट्ट बुवा मदनराज भट्टकै प्रेरणाले निजामती सेवामा प्रवेश गरेको बताउँछन् । उनका बुवा खरिदार पदमा रहँदा दिवंगत भएका थिए ।

प्रेमराज भट्टले २०६० वैशाख १२ गतेदेखि जागिरे जीवन शुरूआत गरेका हुन् । त्योभन्दा पहिले उनी तत्कालीन जिल्ला विकास समिति कैलालीमा यूएनडीपी अन्तर्गतको कार्यक्रममा नायब सुब्बा सरहको अफिस एसिस्टेन्ट पदमा २०५७–२०५९ सालसम्म कार्यरत थिए । त्यसपछि आईएलओ कार्यक्रममा कार्यरत थिए । 

२०६० सालमा उनले लोकसेवा आयोगको परीक्षामा नेपाल दूरसञ्चारमा खरिदार, निर्वाचन आयोगमा नायब सुब्बा र एक गैरसरकारी संस्थामा कार्यक्रम सहायक पदको लागि आवेदन दिएका थिए । पढाइमा अब्बल उनको नाम ३ वटै ठाउँमा सँगै निस्कियो । उनले निर्वाचन आयोग रोजेको बताए ।

शुरूमा उनको पदस्थापन जिल्ला निर्वाचन कार्यालय डोटीमा भयो । २ वर्ष डोटीमै रहे । त्यसपछि कैलालीमा सरुवा भयो ।

अछाम र कैलाली जिल्लाको बागडोर सम्माल्नुका साथै विभिन्न जिल्लामा विभिन्न भूमिकामा रही निर्वाचनसँग सम्बन्धित प्रशिक्षण समेत दिँदै आएका छन् उनी ।

उनले थपे, ‘२०६४ सालको निर्वाचनताका कैलालीमै थिएँ तर २०६५ सालमा भएको उपनिर्वाचनताका कञ्चनपुर सरुवा भयो । त्यहाँ धेरै समय नबसे पनि ‘इलेक्ट्रोनिक भोटिङ मशिन’ सञ्चालनार्थ खटाइएको थियो ।’ 

२०६५ सालको उपनिर्वाचनमा आयोगले उपनिर्वाचन हुने स्थानमा विद्युतीय मतदान यन्त्रले मतदान गराउने नीति लिएको थियो । त्यही नीति अन्तर्गत आयोगले प्रशिक्षकका रूपमा तालिम दिएको र प्रशिक्षकको रूपमा खटिएको उनी बताउँछन् । निर्वाचन सकिएपछि उनी २०६६ सालमा पुनः कैलाली फर्किए । 

२०६६ सालमा निर्वाचन आयोगले फोटो सहितको नामावली संकलन गरेको थियो । त्यसको ‘मास्टर ट्रेनर’का रूपमा भट्ट पनि छनोट भएका थिए ।

उनले भने, ‘हामीलाई २७ दिनको तालिम दिइयो । विशेषगरी फोटो सहितको मतदाता नामावली कार्यान्वयन गर्नलाई महत्त्वपूर्ण जिम्मेवारी दिइएको थियो । त्यसलाई हामी ‘बायो मेट्रिक बेस्ट भोटर रेजिस्ट्रेसन सिस्टम’ भन्छौं । जुन अहिले हजुरहरूले मतदाता परिचयपत्र प्रयोग गरिरहनुभएको छ । त्यसको सफ्टवेयर विकासदेखि कार्यान्वयनसम्म मसहित देशभरबाट ७ जना छानिएका थियौं ।’ 

फोटो सहितको मतदाता नामावली संकलन ‘पाइलट प्रोजेक्ट’को रूपमा सुदूरपश्चिममा सर्वप्रथम डडेल्धुराको साविक जोगबुढा गाविसमा गरियो । १९ दिन त्यही बसेर काम गरेको बताउँदै उनले त्यसपछि मात्रै गाउँगाउँमा लागू गरिएको र ‘प्रोजेक्ट’ नै सफल भएको खुशी व्यक्त गरे । 

देशकै उत्कृष्ट कर्मचारी

फलतः उनी २०६७ सालमा निजामती सेवा पुरस्कारबाट सम्मानित भए । सो पुरस्कारबाट भट्टसहित देशभरबाट ३० जना पुरस्कृत भएका थिए । २०६८ सालमा गणतन्त्र दिवसको अवसरमा उनलाई राष्ट्रपतिद्वारा जनसेवा श्री पञ्चम् पदक प्रदान गरियो ।

हालै उनलाई निर्वाचन आयोगले देशकै उत्कृष्ट कर्मचारीको रूपमा पनि सम्मानित गरेको छ । आयोगले उनलाई फागुन ७ गते छैंटौं निर्वाचन दिवस २०७८ को अवसरमा देशकै उत्कृष्ट कर्मचारी पुरस्कारबाट नगदसहित पुरस्कृत गरेको छ । देशभरमा ७०० जना कर्मचारीमध्ये ७ जना छनोटमा परेका थिए ।

छनोटबारे उल्लेख गर्दै भट्टले भने, ‘वर्षभरिको कार्यसम्पादन तथा कार्यालयको लेआउट, आयोगले हामीलाई पत्राचार गर्छ, पत्राचार गरेको विवरण हामी कति समयमा उपलब्ध गराउँछौं । त्यो पनि मूल्यांकनको आधार हो । वार्षिक रूपमा आयोगले कार्यक्रम दिन्छ, त्यो वार्षिक कार्यक्रम हामीले कतिसम्ममा सम्पादन गर्‍यौं ? त्यो पनि मूल्यांकनको आधार हो । नागरिकसँगको सम्बन्ध कस्तो छ ? मेरो व्यावसायिक दक्षता कस्तो छ ? यी विभिन्न सूचकका आधारमा आयोगले मूल्यांकन गर्‍यो र मलाई उत्कृष्ट कर्मचारीको रूपमा पुरस्कृत गर्‍यो । म निकै आभारी छु ।’

२०७४ सालमा निर्वाचन अधिकारीको रूपमा बढुवा भएका उनले आम नागरिकसँगको सहज पहुँचमा रहन रुचाउने राष्ट्रसेवकको छवि बनाइसकेका छन् ।

‘पहिलो दिन नियुक्ति लिँदाखेरी नागरिकको हितलाई सर्वोपरि राखेर काम गर्नुपर्छ भन्ने अनुभूति गरेको थिएँ । आज पनि त्यही कुरालाई स्मरण गरेर काम गरिरहेको छु । फलतः सबैको आशिर्वाद र माया पाउँदै आएको छु,’ उनले भने ।

राष्ट्र सेवक कर्मचारी व्यावसायिक हुन जरुरी रहेको औंल्याउँदै उनले आफ्नो कार्यक्षेत्रमा इमान्दार, जवाफदेही, जिम्मेवार, उत्तरदायी र लगनशील हुने हो भने कुनै ठाउँमा पनि काम गर्न असहज नहुने सुझाव दिए ।

उनी १८ वर्षको जागिर अवधिमा २०६४, २०६५, २०७०, २०७१ सालको उपनिर्वाचन, २०७४ सालको स्थानीय तह, २०७८ सालको राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रत्यक्ष तथा मुख्य भूमिकामा रहेर काम गरिसकेको बताउँछन् । 

पीएचडीको सपना

विपन्न परिवारका उनले गडसेरामा नै १० कक्षासम्मको अध्ययन पूरा गरे । उच्च शिक्षा अध्ययनका लागि उनी कैलाली आए । त्यसैबीच बुवाको देहान्त भएको उनी सम्झिन्छन् । पढाइमा अब्बल उनले शुरूमा डाक्टर बन्ने चाहना राखे तर आर्थिक अवस्थाले दिएन ।

उनले हालसम्म व्यवस्थापन, राजनीतिशास्त्र र समाजशास्त्र गरी ३ विषयमा स्नाकोत्तर उत्तीर्ण गरिसकेका छन् ।

आसन्न निर्वाचनलगत्तै निर्वाचनकै विषयमा विद्यावारिधि गर्ने लक्ष्य बनाएका छन् उनले । अर्कोतिर सहसचिवको तयारीमा जुटेका छन् । अब उनी स्थानीय तहमा आफ्नो कार्यक्षमता प्रदर्शन गर्ने योजना बुन्न थालेका छन् ।

भट्टले भने, ‘सेवा अवधि धेरै बाँकी छ । अब मलाई निर्वाचन आयोगका साथै विकासे क्षेत्रमा काम गर्ने इच्छा छ । मोडल भिलेज, गेम चेन्जर प्रोजेक्टमा काम गर्ने सोच छ । ताकि केही गर्न सकुँ । देशमा संघीयता आउनुको कारण विकेन्द्रिकृत विकासका लागि हो । जबसम्म ग्रामीण क्षेत्रको विकास हुँदैन, तबसम्म देशको विकास हुँदैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x