×

NMB BANK
NIC ASIA

अबको अर्जुनदृष्टि स्थानीय चुनाव

अब वैशाख ३० को चुनावमा ध्यान देऊ

फागुन १६, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेपालमा विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट किनारा लागेको छ । 

Muktinath Bank

फागुन १५ गते राति बसेको प्रतिनिधि सभा बैठकले व्याख्यात्मक घोषणासहित एमसीसीलाई बहुमतले अनुमोदन गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभाबाट पारित भएको व्याख्यात्मक घोषणाले अन्तर्राष्ट्रिय मान्यता र कानूनी हैसियत कति पाउँछ त्यो भविष्यमा थाहा हुनेछ । तत्कालका लागि भने एमसीसीको विवाद संसदबाट टुंगो लागेको छ । 


Advertisment
Nabil box
Kumari

एउटा विशुद्ध आर्थिक सहयोग कार्यक्रमलाई संसदबाट अनुमोदन गर्ने व्यवस्था राखेर एमसीसीलाई धेरै गिजोलियो ।

Vianet communication
Laxmi Bank

संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान नराखिएको भए यो विषय भूराजनीतिक चासोको विषय हुने थिएन ।

प्रतिनिधि सभा जनताको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था हो, जसको बहुमतबाट पारित निर्णय देशको निर्णय भएको छ ।

संसद् बैठकमा कांग्रेस महामन्त्री गगन थापाले प्रस्ताव गरेजस्तै देश विकासका लागि चीन र भारतबाट एमसीसीको भन्दा ठूलो सहयोग प्राप्त गर्न नेपालले पहल थाल्नुपर्छ । 

एमसीसीमार्फत पूर्वाधार विकासमा आउने रकमलाई सदुपयोग गर्दै देशको आर्थिक वृद्धिका लागि नेपालले अधिकतम सदुपयोग गर्नु जरुरी छ ।

सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका निर्माणाधीन कयौं जलविद्युत् आयोजना सम्पन्न हुने चरणमा छन् ।

निकट भविष्यमै नेपालमा विद्युत् उत्पादन मागभन्दा बढी हुनेछ । उत्पादित बिजुली माग धेरै भएको शहरी क्षेत्र र छिमेकीसम्म पुग्ने प्रशारण लाइनको अभाव पूर्ति गर्न एमसीसीमार्फत बन्न लागेको प्रशारण लाइन सहयोगी हुनेछ । 

विकास खर्चको निराशाजनक अवस्था र थामिनसक्नु चालू खर्चका कारण नेपालमा पूर्वाधार विकासको प्रगति निराशाजनक छ । यस्तो अवस्थामा नेपालले कुनै वैदेशिक सहयोगलाई इन्कार गर्न सक्दैन ।

यस्ता वैदेशिक सहयोगको शर्तलाई नेपालको संविधान, कानूनभन्दा माथि राख्न सकिँदैन । हाम्रो छिमेकीको चासोलाई बेवास्ता गरेर कुनै देशको सुरक्षा रणनीतिको अंग या साझेदार बन्न सक्दैछ । 

नेपालको राष्ट्रिय हित र स्वार्थअनुसार नेपालले वैदेशिक सहयोग लिनुपर्छ, त्यस्तो सहयोग पारदर्शी हुनुपर्छ । 

नहुनुपर्ने लामो विवादपछि एमसीसीको एउटा टुंगो लागेको छ । अब देशको ध्यान वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको चुनावमा केन्द्रित होस् । 

वैशाख ३० गतेको चुनावी मिति आउन अब ७३ दिन मात्र बाँकी छ ।

निर्वाचन आयोगले चुनावको तयारी थालिसकेको अवस्थामा सरकार र राजनीतिक दलले वैशाख ३० लाई अर्जुन दृष्टि बनाएर सम्पूर्ण ध्यान त्यता लगाऊ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x