३२ असार २०८३, बिहीबार

रिद्धिसिद्धिको आयोजनामा ठेकेदार सम्मेलन, साथमा आकर्षक उपहार पनि

फागुन १६, २०७८
रिद्धिसिद्धिको आयोजनामा ठेकेदार सम्मेलन, साथमा आकर्षक उपहार पनि

रिद्धि सिद्धि सिमेन्टल कन्ट्रयाक्टर मिट (ठेकेदार सम्मेलन)को आयोजना गरेको छ । 

आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इञ्जिनियरिंग सुझाव लगायत प्राविधिक ज्ञान प्रदान गर्ने सोचका साथ विभिन्न स्थानमा  ठेकेदार सम्मेलन आयोजना गरिएको कम्पनीले जनाएको छ ।

यही क्रममा कम्पनीले फागुन १३ गते चन्द्रागिरी, १४ गते भक्तपुर तथा ललितपुर र १५ गते बनेपामा कार्यक्रमको आयोजना गरेको छ । 

देशका विभिन्न स्थानहरुमा कन्ट्रयाक्टर मिट (ठेकेदार सम्मेलन)सम्पन्न गरिसकेको यस संस्थाले आफ्नो ४३ ग्रेडको ओपीसी सिमेन्टमा केन्द्रित रही आफ्नो कन्ट्रयाक्टर मिटको आयोजना गरेको छ । 

निर्माण कार्यमा प्राविधिक रुपमा संलग्न सम्पूर्ण ठेकेदारहरुलाई आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इञ्जिनियरिंग सुझाव लगायत प्राविधिक ज्ञान प्रदान गर्ने तथा सिमेन्टको विशेषता सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ  । 

कार्यक्रममा ५ सय भन्दा बढीको संख्यामा ठेकेदारहरुले अन्तरक्रियाका लागि सहभागिता जनाएका थिए ।

नयाँ वर्ष लक्षित उपहार योजना पनि 

कम्पनीले नयाँ वर्ष २०७९लाई दृष्टिगत गर्दै ठेकेदारवर्ग लक्षित हात खालि नजाने आकर्षक उपहार योजनापनि सार्वजनिक गरेको छ । 

यो उपहार योजना २०७८ फागुन १ गतेदेखि २०७९ बैशाख ३१ सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ । 

यस उपहार योजना अन्तर्गत खरिद तथा उपयोग हुने सिमेन्ट बोरा संख्याका आधारमा तिनले विभिन्न आकर्षक उपहार हात पार्न सक्नेछन् । 

साथै योजनाको अन्त्यमा गोला प्रथा मार्फत ५ जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रुपमा काठमाडौं–पोखरा भ्रमण प्योकजपनि जित्न सक्ने ब्यवस्था मिलाइएको छ । 

हात खालि नजाने अन्य  पुरस्कार

६००० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा : सीजी ४३” स्मार्ट एलईडी टीभी वा सियाओमी ११ लाइट एनई ५जी ८/१२८जीबी १ थान 

५००० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा :सीजी ३२” स्मार्ट एण्ड्रोइड सीजी३२बी वा सियाओमी रेडमी नोट १० प्रो १ थान

२५०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा : सियाओमी रेडमी ९सी ३२/६४जीबी वा बाल्ट्र बीओटी ११२ ५० लिटर फोस्टर ओभन १ थान

१५०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा : बाल्ट्रा इन्फ्रारेड इन्डक्शन कुकर वा यासुदा वाईएस–२८एससी २.८ लिटर राइस कुकर १ थान

८०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा : रेनकोट १ थान

४०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा : हट पट लञ्च बक्स १ थान 

salt training

कमेन्ट गर्नुहोस्