२७ असार २०८३, शनिबार

नेपाल डिजिटल पेमेन्ट्स पनि नेशनल पेमेन्ट स्वीचमा आबद्ध

फागुन १६, २०७८
नेपाल डिजिटल पेमेन्ट्स पनि नेशनल पेमेन्ट स्वीचमा आबद्ध

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स कं. लि. बीच औपचारिक रुपमा सम्झौता भएको छ । 

सो सम्झौतामा एनडिपिसिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ । 

सम्झौता पश्चात् एनडिपिसिद्वारा सन्चालनमा रहेको वालेट नमस्तेपेलाई एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा जोडी पहिलो चरणमा उपलब्ध रहेका रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्यूआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने छ भने विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत् अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु पनि उपलब्ध भए सँगै कार्यान्वयन गर्ने छ ।

उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपिआइका मार्फत बैंक वित्तीय संस्था तथा गैर बैंकिङ्ग संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् । त्यसै गरी दोश्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागी नेशनल कार्ड स्वीच र नेपालपेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको छ ।         

एनडिपिसि नेपालको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी, नेपाल दूरसञ्चार कं. लि. र पब्लिक क्षेत्रको सबैभन्दा ठूलो वाणिज्य बैंक, राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रुपमा स्थापित कम्पनी हो । एनडिपिसिमा ग्रामीण क्षेत्रको पहुँच देखि लिएर वित्तिय तथा बैंकिङ्ग सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन् । 

देशका कुना काप्चासम्म पनि मोबाईलको माध्यमबाट वित्तीय पहुँच विस्तार गरी डिजिटल सोसाइटी बनाउने राष्ट्रिय अभियानलाई आत्मसाथ गर्दै यसले आफ्नो नमस्तेपे वालेटमा क्रेडिट कार्ड बिल भुक्तानी, डिटिएचको भुक्तानी, मोबाइल रिचार्ज, लगायत विभिन्न भुक्तानीहरु गर्न सकिने सेवा उपलब्ध गराउंदै आएको छ र एनडिपिसि मार्फत नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्र्तगतको विभिन्न सेवा तथा उपकरणको विस्तारले  यसका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्नेे विश्वास गरिएको छ । हाल नेशनल पेमेन्ट स्वीचमा ३८ वटा बैंक/वित्तिय संस्था र ६ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ४४ वटा संस्था आबद्ध भइसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्