चैत २, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा विचाराधीन महाभियोग प्रस्तावमाथि सभामुखले छलफलका लागि मिति समेत तोकिसकेको अवस्थामा सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरिदिएको छ । मन्त्रिप...
तनहुँ सदरमुकाम दमौलीमा आइतवार भएको आगलागी नियन्त्रण गर्नका लागि काठमाडौंबाट हेलिकप्टर गएर पानी ओसार्नुपरेको दृष्य अलि अस्वाभाविक जस्तो देखियो ।
हेलिकप्टरमा पानी ओसारेर चार घण्टा लगाई बल्लतल्ल आगलागी नियन्त्रणमा आयो । आगलागी नियन्त्रण जस्तो विपद् व्यवस्थापनमा हेलिकप्टर प्रयोग हुनु नराम्रो त होइन, तर यसले विपद् व्यवस्थापनका लागि हाम्रा स्थानीय तहको कति हेलचेक्रयाइँ छ भन्ने पनि प्रस्ट पारेको छ ।
जसरी गाउँमा आजकल मानिसले गर्न सक्ने सामान्य कामका लागि पनि डोजर चलाउने प्रवृत्ति बढेको छ, त्यसैगरी विपद परेमा हेलिकप्टर मगाउन सकिन्छ भनेर स्थानीय सरकारहरू गर्नुपर्ने पूर्वतयारी नगरी बस्ने खतरा छ ।
पछिल्ला दशकहरूमा राजधानी काठमाडौं उपत्यकालगायत देशका ठूला र साना शहरमा पनि बस्ती बाक्लो भएको छ ।
खुला ठाउँको अभाव र अव्यवस्थित बस्तीका कारण देशका अन्य शहरी क्षेत्र आगलागीको जोखिममा छन् । ताप्लेजुङ, तेह्रथुम लगायतका जिल्लामा विगतमा भएका आगलागीमा साना बजार नै सखाप भएका थिए ।
गर्मी महिना लागेसँगै नेपालका गाउँ बस्तीमा आगलागीको जोखिम बढ्ने गर्छ । खासगरी तराईका जिल्लामा आगलागीका घटनाको जोखिम बढी रहन्छ । तर जोखिम नियन्त्रणका लागि स्थानीय सरकारको पूर्वतयारी शून्य अवस्थामा रहेको प्रस्टै देख्न सकिन्छ ।
पाँच वर्षको अवधिमा ‘गाउँका सिंहदरबार’ले विपद् व्यवस्थापनको पूर्वतयारी पटक्कै गरेनन् । दमकल र एम्बुलेन्सभन्दा मेयर उपमेयरका लागि गाडी किन्नु उनीहरूका लागि प्राथमिकताको विषय बन्यो ।
आगलागीबाट हुने धनजनको क्षति न्यूनीकरणका लागि स्थानीय तहले वार्षिक बजेटको केही हिस्सा विपद् व्यवस्थापनमा छुट्टाउने बाध्यकारी व्यवस्था गर्न जरुरी छ ।
स्थानीय सरकारको मात्र भर नपरी केन्द्र सरकारले पनि भौगोलिक दूरीको आधारमा ठाउँ–ठाउँमा प्राविधिकसहितको आगलागी नियन्त्रण युनिट बनाउन अत्यावश्यक देखिन्छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा विचाराधीन महाभियोग प्रस्तावमाथि सभामुखले छलफलका लागि मिति समेत तोकिसकेको अवस्थामा सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरिदिएको छ । मन्त्रिप...
कामको नाममा चार वर्षसम्म आफ्नो प्रदेशको नाम समेत जुराउन नसकेको 'निकम्मा' प्रदेश १ मा आइतवार मन्त्रिपरिषद् विस्तार भयो । नेकपा एमाले विभाजनको बाइप्रडक्टस्वरूप अन्य प्रदेशमा जस्तै नाम जुराउन नसकेको ...
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रमुख दलहरूले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । नेकपा एमालेले कम्युनिस्ट पार्टीको स्थापना दिवस ९ वैशाख र नेपाली कांग्रेसले वैशाख ११ गतेको लोकतन्...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) आजदेखि सातौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी सबैभन्दा पहिला देश तथा विदेशमा रहनुहुने तपाईं आम पाठकप्रति शीर झुकाउन चाहन्छौं । लोकान्तरप्...
नेपालमा विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट किनारा लागेको छ । फागुन १५ गते राति बसेको प्रतिनिधि सभा बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी...
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार आफ्नो तीन दिने भारत भ्रमण पूरा गर्दैछन् । नेपाल र भारतबीच लामो समयसम्म हुन नसकेको उच्चस्तरीय संवाद देउवाको भ्रमणबाट पुनः सुचारु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र म...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...