
यशोदा फुड्सले नेपाली बजारमा नयाँ स्वादका चाउचाउ र चिज बल्स सार्वजनिक गरेको छ ।
कम्पनीले सोमवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै करेन्ट चिज एण्ड बटर र करेन्ट मशरुम नुडल्स सार्वजनिक गरेको हो ।
उद्योगले सुपर प्रिमीयम चाउचाउ अन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो ।
सुपर प्रिमीयम चाउचाउ अन्तर्गत नेपालमै पहिलो पटक करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स फेमिलि प्याकमा उपलब्ध छ भने यसको प्रति पिसको मुल्य १२० रुपैयाँ र तौल १२० ग्राम रहेको समेत उद्योगले जनाएको छ ।
साथै फेमीली प्याकमा २० रुपैयाँ पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको स्वादमा करेन्ट चिज चिकेन पिज्जा समेत उद्योगले सार्वजनिक गरेको छ ।
उद्योगले चिजको स्वादमा ५० रुपैयाँ पर्ने चिज बल्स समेत सार्वजनिक गरेको छ ।

कम्पनीले कार्यक्रममा विदेशबाट हुने चाउचाउ आयातलाई विस्थापित गरी स्वदेशी उत्पादनलाई बढावा दिँदै करेन्ट अहिले नेपालकै नं १ ब्राण्ड बनिसकेको दाबी गरेको छ ।
उपभोक्ताको पहिलो रोजाईमा यशोदा फुड्सका उत्पादन रहेको र सोही अनुसार नविनतम स्वादका ब्रान्डहरु पस्कीने अवशर प्रदान गरेको उद्योगले जनाएको थियो ।
नेपालमा मात्र नभइ भारत, युरोप, कोरिया, जापान, अमेरिका, क्यानाडा, वेलायत, अष्ट्रेलिया लगायत देशमा समेत आफ्ना उत्पादन निर्यात गरी देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याइरहेको उद्योगको भनाइ छ ।
साना तथा मझौला उद्योगदेखि आफ्नो ब्यवसायीक यात्रा शुरु गरेको यशोदा गु्रपको यात्रा मसला, चियापत्ती, चाउचाउ, हाउजिंग, होटल, फिल्म, सेवा सम्म पुग्दै नेपालकै उच्च ब्यवसायीक समुहको रुपमा आपूmलाई स्थापित गर्न सफल भएको, ३५०० भन्दा बढी जनशक्तिका लागि प्रत्यक्ष अप्रत्यक्ष रोजगारीका अवसर प्रदान गरेको उद्योगले जनाएको छ ।
आफ्ना उत्पादनहरुमा उपभोक्ताको सहज पहुँचका लागि कम्पनीले १५० भन्दा बढी डिलरहरुको सञ्जाल विस्तार गरेको, कृषकहरुको आर्थिक आय आर्जनमा मद्दत पुर्याउने उद्देश्य लिएर उद्योगले स्वदेशमै कृषि कार्य गरी रहेका स्थानीय कृषकहरुबाट उत्पादीत अकबरे खुर्सानी, गुन्दु्रक, तामा, टिमुर, अदुवा, बेसार लगाएतका कृषिजन्य उत्पादनहरु उद्योगका कच्चा पदार्थको रुपमा प्रयोग गर्ने गरेको समेत उद्योगले जनाएको छ ।