११ असार २०८३, बिहीबार

बौद्ध शिक्षामा स्नातकोत्तर कक्षा सञ्चालन

बौद्ध शिक्षामा स्नातकोत्तर कक्षा सञ्चालन

बौद्ध शिक्षामा स्नातकोत्तर तहका कक्षा सञ्चालनमा आएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहार कीर्तिपुर बीचको शैक्षिक सहकार्यमा पढाई सुरु भएको हो । सहकार्यसँगै कीर्ति विहार क्याम्पसले मास्टर्स इन बुद्धिजम एण्ड सस्टेनेवल डेभलोपमेन्ट (एमविएसडी) सञ्चालनमा ल्याएको हो ।

मंगलबार क्याम्पसको उद्घाटन गर्दै पूर्व शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले बौद्ध शिक्षाको प्रचारका कलेज आवश्यक रहेको बताए । बौद्ध शिक्षा स्वदेशीलाईमात्रै नभई विदेशी विद्यार्थीहरुलाई पनि आकर्षित गर्नु पर्नेमा श्रेष्ठले जोड दिए ।

यता विश्व विद्यालयका उपकुलपति डा.हृदयरत्न बज्राचार्यले काठमाडौंमा बौद्ध शिक्षा सञ्चालनमा आउनु सुखद् रहेको बताए । उनले ब्रम्ह विहारको नीतिमा आफ्नो स्थान खोजिनु पर्ने र गरिबीको मानसिकतामा परिवर्तन गर्नु पर्नेमा जोड दिए।

 त्यस्तै कीर्ति विहार क्याम्पसका प्रमुख डा.सुमन मानन्धरले पाँच वर्षको अथक मिहिनेतले क्याम्पस सञ्चालनमा आएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्