०१ साउन २०८३, शुक्रबार

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि इसेवाका एजेण्ट नेटवर्कबाट पनि पाइने

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि इसेवाका एजेण्ट नेटवर्कबाट पनि पाइने

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाका एजेन्ट नेटवर्क (जोन,पोइन्ट तथा क्यासपोइन्ट) बाट समेत प्राप्त गर्न सकिने भएको छ ।

इसेवा मनि ट्रान्सफरले संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनीक प्रविधिबाट डिजिटल रेमिट्यान्स भित्राउँदै आएको छ भने इसेवाले नेपालमा भुक्तानी प्रणालीको सेवा दिँदै आएकोे छ । 

यी दुई कम्पनी एफवान सफ्न इन्टरनेशनलका अन्तरगरका भगनी संस्था हुन् ।

योसँगै अब विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत आएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका १० हजार बढी भुक्तानी केन्द्रसँगै अब इसेवा वालेटका देशभरी रहेका १ लाख ३० हजारभन्दा बढी जोन, पोइन्ट तथा क्यासपोइन्ट मार्फत समेत पाइन्छ । 

त्यस्तै, इसेवाका एजेन्ट नेटवर्कबाट इसेवा मनी ट्रान्सफर मार्फत मुलुकभर आन्तरिक रेमिट्यान्स् पठाउन मिल्नुका साथै आफ्नो नाममा आएको रेमिट्यान्स प्राप्त गर्न समेत सकिने कम्पनीले जनाएको छ  ।

यसका साथै इसेवाका ५० लाख बढी प्रयोगकर्ताले इसेवा वालेटबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्रयोग गरि देशभरी आन्तरिक रेमिट्यान्स पठाउन सकिनेछ र विदेशबाट पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै आफ्नो इसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्