
तालिबानले मार्च २२ देखि छात्राहरूलाई पनि विद्यालय जान अनुमति दिने भएको छ ।
योसँगै अब अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेदेखि बालिकाहरूलाई विद्यालय प्रवेशमा लगाइएको प्रतिबन्ध अन्त्य हुनेछ ।
सत्तामा आएदेखि तालिबानले महिलाको आवागमनको स्वतन्त्रतालाई कुचल्ने लगायतका हरेक क्षेत्रमा महिला अधिकारलाई बन्देज लगाएको थियो ।
अधिकांश बालिकाहरूले पढ्ने माध्यमिक विद्यालय बन्द छन् । विश्वविद्यालयहरू भर्खरै नयाँ नियमहरूका साथ पुन: खोलिएका छन् । - रासस-एएनआई