
रूँदा आँसु आउँछ सबैलाई थाहा छ । हाँस्दा वा धेरै खुशी हुँदा पनि त आँसु आउँछ, जसलाई मानिसहरू खुशीको आँसु पनि भन्छन् ।
के तपाईंले कहिल्यै सोच्नुभएको छ यो किन हुन्छ वा कसरी हुन्छ ?
वास्तवमा, हाँस्नु र रुनु दुवै भावनात्मक अभिव्यक्ति हो ।
हाँस्दा हाँस्दै रूनुको २ वटा कारण भनिएको छ । पहिलो कारण- जब हामी खुलेर हाँस्छौ तब हाम्रो अनुहार कोशिका अनियन्त्रित रुपमा काम गर्न थाल्छ ।
यस्तो हुँदा हाम्रो अश्रु ग्रन्थीबाट मस्तिष्कको नियन्त्रण पनि हट्छ र आँसु निस्कन्छ ।
अर्कोतर्फ, यो पनि मानिन्छ कि धेरै हाँस्ने अवस्थामा व्यक्ति भावुक हुन्छ । धेरै भावुक हुनुले अनुहारको कोशिकाहरूमा अतिरिक्त दबाब दिन्छ, जसको कारण तपाईंको आँसु बाहिर निस्कन्छ ।
यसो गर्दा हाम्रो शरीरले आँसुको माध्यमबाट हाम्रो तनावलाई सन्तुलनमा राख्ने प्रयास गर्छ ।
वास्तवमा यो सम्पूर्ण प्रक्रिया प्रत्येक व्यक्तिको लागि फरक हुन सक्छ । यो सम्बन्धित व्यक्तिको भावनामा भर पर्छ ।
बाल्टिमोरको युनिभर्सिटी अफ मेरील्याण्डका मनोवैज्ञानिक रोबर्ट प्रोभिनका अनुसार कम वा धेरै भावनात्मक हुनुमा हर्मोनको ठूलो भूमिका हुन्छ । उनका अनुसार हाँस्ने बेला सक्रिय हुने मस्तिष्कको भाग रुँदा पनि सक्रिय हुन्छ ।
लगातार हाँस्ने वा रोइरहँदा मस्तिष्कका कोशिकाहरूमा बढी तनाव हुन्छ । यस्तो अवस्थामा शरीरमा कोर्टिसोल र एड्रेनालाइन नामक हर्मोन निस्कन्छन् ।
हाँस्दा वा रुँदा शरीरमा हुने विपरीत प्रतिक्रियाका लागि यी हर्मोन जिम्मेवार हुन्छन् ।
यसबाहेक हाँस्दा र रुँदा अर्को रोचक कुरा के छ भने खुशीको पहिलो आँसु दाहिने आँखाबाट र दुःखको पहिलो आँसु देब्रे आँखाबाट आउँछ भन्ने मान्यता छ ।