२० असार २०८३, शनिबार

इन्टरनेटमा ठगिएको महसूस हुँदा एनटीएलाई भन्नुहोस्, क्षतिपूर्ति दिलाउँछौं– खनाल [भिडियो अन्तर्वार्ता]

इन्टरनेटमा ठगिएको महसूस हुँदा एनटीएलाई भन्नुहोस्, क्षतिपूर्ति दिलाउँछौं– खनाल [भिडियो अन्तर्वार्ता]

सरकारले डिजिटल नेपाल फ्रेमवर्क बनाएर कार्यान्वयन गरिरहेको छ । 

सुशासन, विकास र समृद्धिका लागि डिजिटल नेपाल बनाउने दूर दृष्टिसहित बनेको डिजिटल नेपाल फ्रेमवर्कले नेपाल दूरसञ्चार प्राधिकरणलाई मुख्य तीनवटा काम जिम्मा दिएको छ । 

त्यसमध्ये देशभर इन्टरेनटको सहज पहुँच विस्तार गर्ने प्राधिकरणको मुख्य जिम्मेवारी हो । त्यसबाहेक, प्राधिकरणलाई नेपाल दूरसञ्चार ऐनले नेपालमा दूरसञ्चार सेवाको उपलब्धता र गुणस्तरीयताको जिम्मेवारी तोकेको छ । 

इन्टरनेटको पहुँच क्रमशः विस्तार हुँदै गए पनि गुणस्तरमा भने ग्राहकले सधैँ गुनासो गर्ने गरेका छन् । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि पनि इन्टरनेट आधारभूत कुरा हो । 

नेपालमा डिजिटल फ्रेमवर्क कार्यान्वयनमा नेपाल दूरसञ्चार प्राधिकरणको भूमिका, इन्टरनेट सेवाको गुणस्तरीय उपलब्धता र ग्राहकको गुनासो सम्बोधन आदिका बारेमा हामीले प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालसँग भिडियो अन्तर्वार्ता गरेका छौं ।

हेर्नुहोस्, लोकान्तर डटकमका लागि खनालसँग उद्धव थापाले गरेको भिडियो संवाद :

salt training

कमेन्ट गर्नुहोस्