२७ असार २०८३, शनिबार

१ करोड ७७ लाख मतदाताका लागि २ करोड मतपत्र छाप्दै आयोग

१ करोड ७७ लाख मतदाताका लागि २ करोड मतपत्र छाप्दै आयोग

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा  १ करोड ७७ लाख मतदाता हुने अनुमान गरेको छ।

आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बिहीवार सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले मतदाता १ करोड ७७ लाख हुने अनुमान गरिएको जानकारी दिएका हुन्।

'हामीले अनुमान गरे अनुसार १ करोड ७७ लाख मतदाता हुनेछन्,चैत्र १३ गते त्यसको अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ,' अर्यालले भने।

मतदाताको कुल संख्या बाहेक १० प्रतिशत जोखिम समेतलाई जोडेर २ करोड मतपत्र छापिने उनले बताए।

त्यसका लागि जनक शिक्षा सामग्री केन्द्रबाट छपाउने काम हुने उनले बताए। 'आवश्यक परेमा अन्य छापाखानाबाट पनि छपाउन सम्झौता गरिनेछ,' अर्यालले भने।
 

salt training

कमेन्ट गर्नुहोस्