०१ साउन २०८३, शुक्रबार

सुन्दर बन्न मन छ ? यी चीज खान अनिवार्य छोड्नुस्

चैत ११, २०७८
सुन्दर बन्न मन छ ? यी चीज खान अनिवार्य छोड्नुस्

तपाईंले दैनिक के–कस्तो खाना वा खाजा खानुहुन्छ ? त्यसले तपाईंको जीवन कस्तो बनिरहेको छ भन्ने जानकारी दिन्छ । 

दैनिक खाने खाना वा खाद्य पदार्थले नै शरीरलाई सकारात्मक उर्जा वा नकारात्मक असर गर्दछ । 

सुन्दर देखिने चाहना हर कोहीलाई हुन्छ । तर हामीले खाइरहने खाद्य पदार्थ नै यसको बाधक हुन्छ ।

यहाँ केही यस्ता चीज उल्लेख गरिएको छ, जसको सेवन नगर्दा नै तपाईं सुन्दर देखिनुहुन्छ ।

यी चीजहरू, सेवन नगरेर बन्नुहोस् सुन्दर 

१. क्याफिन

शरीरमा क्याफिनको मात्रा धेरै भएमा छाला पातलो हुन जान्छ । जसको कारण छाला छिट्टै बुढो हुन थाल्छ । त्यसकारण छिटै बुढोपन नदेखिनका लागि क्याफिनलाई नियन्त्रण गर्न सिक्नुहोस् ।

२. नुन

नुनको बढी सेवनले शरीर सुन्निन थाल्छ भने छालाको चमक बिस्तारै घट्दै जान्छ । त्यसैले आफ्नो छालालाई चम्किलो र सुन्दर बनाउनका लागि धेरै नुनको सेवन नगर्नु नै उत्तम हुन्छ ।

३. रक्सी

रक्सी पिउनु स्वास्थ्यका लागि हानीकारक हुन्छ । यसले  शरीरमा अन्य क्षतिका साथै डिहाइड्रेसनको समेत समस्या ल्याउँछ । जसका कारण छिटै बुढ्यौलीपनको शिकार हुन पुगिन्छ । तसर्थ सुन्दरताका लागि रक्सी सेवन नगर्नु एक उत्तम उपाय हो ।
 

salt training

कमेन्ट गर्नुहोस्