नयाँ वर्ष २०७९ लाई लक्षित गरी नेपालका लागि यामाहा मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले "२०७९ x १००० गुणाले खुसी बढाउँनुहोस्" अफर सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनैपनि सवारी साधन खरिद गर्दा स्योरसट २०७९×४= ८ हजार ३१६ देखि २०७९×१००=२ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन्। त्यस्तै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले २०७९×१०००=२० लाख ७९ हजार रुपैयाँ जित्न सक्नेछन्।
यामाहाका बाइक/स्कुटर लिन इच्छुक ग्राहकहरू यामाहाको अधिकारिक शोरूमबाट खरिदपश्चात यस अफरमा भाग लिन पाउनेछन् । कम्पनीका अनुसार ग्राहकहरू यामा\हाको आधिकारिक वेबसाइट www.yamaha.com.np मा यामाहाले दैनिक रूपमा खेलाउने डिजिटल ज्याकपटमा सहभागी भई उल्लेखित नगद उपहार जित्न सक्नेछन् ।
“ग्राहकहरूको सन्तुष्टि र खुसी नै यामाहा नेपालका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । आफ्ना ग्राहकलाई खुसी बनाउँन यामाहा नेपालले कुनै पनि कसर बाँकी नराख्ने र उपहारका नाममा यति ठूलो नगद राशि बितरण गरिएको सम्भवतः यो नेपालकै पहिलो र अहिलेसम्मकै ठूलो उपहार हो ।” यामाहा नेपालका कार्यकारी निर्देशक राजु क्षेत्रीले बताए ।
यस अफर चैत्र ०६ गतेबाट शुरु भएको र जेठ पहिलो हप्तासम्म चल्ने कम्पनीले जनाएको छ ।