×

NMB BANK
NIC ASIA

अन्तरंग

हिरो बन्छु भनेर मुम्बई हानिएको, निर्देशक भएर फर्किएँ : तुलसी घिमिरे [अन्तर्वार्ता]

चैत १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली चलचित्रका सफल निर्देशक हुन् तुलसी घिमिरे । उनको जन्म १५ जुलाई १९५१ मा भारतको दार्जिलिङस्थित कालिम्पोङमा भएको हो । सानैदेखि चलचित्रमा रुचि राखेका उनी भारतको मुम्बई (बम्बई) हुँदै नेपाल प्रवेश गरे ।

Muktinath Bank

गुरुको आज्ञाअनुसार नेपाली भाषाका १० चलचित्र बनाउन नेपाल आएका उनी १०औं चलचित्र ‘दक्षिणा’ बनाएर फर्कन खोजेका थिए तर यहाँको माया, मोहले उनलाई नेपाल छाड्न दिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो जीवनमा उनले धेरै लोकप्रिय चलचित्रहरू नेपाललाई दिएका छन् । अझ भनौं नेपालमा व्यावसायिक चलचित्रको जग उनैले बसालेका हुन् । 


Advertisment
Nabil box
Kumari

निर्देशकमा मात्रै उनको परिचय सीमित छैन । उनी पटकथा लेखक, चलचित्र सम्पादक, क्याराम्यान, अभिनेता, गीतकार लगायतमा निपूर्ण छन् । उनै बहुप्रतिभाका धनी तुलसी घिमिरेसँग लोकान्तरकर्मीकेशव राना क्षेत्रीले गरेको कुराकानीको सम्पादित अंश –

Vianet communication
Laxmi Bank

बाल्यकाललाई कसरी सम्झनुहुन्छ ?

– एउटा साधारण किसान परिवारमा जसरी एउटा बालक हुर्किन्छ, त्यसरी नै मेरो बाल्यकाल बित्यो । गाउँले परिवेश, गाउँकै कामकाज गरेर हुर्किएँ । गाईवस्तु चराएर, खेतीपाती गरेरै हुर्किएको मान्छे हुँ । यसका अतिरिक्त म फूटबल बढी खेल्थें । 

मेरो पढाइ १ कक्षासम्म गाउँको प्राथमिक पाठशालामा भयो । त्यसपछि मनि मेमोरियल हुँदै स्कटिज युनिभर्सिटी मिसन इन्स्ट्यिुटन स्कूलबाट उच्च माविसम्मको पढाइ सकें । बीए भने मैले कालिम्पोङ कलेजबाट गरें । त्यसपछि पढाइलाई अगाडि बढाइएन । 

कालिम्पोङको गाउँमा जन्मेको एउटा सामान्य केटो चलचित्रका लागि मुम्बई कसरी पुग्नुभयो ?

– सानैदेखि फिल्म साह्रो मन पथ्र्यो । हेर्ने होइन, फिल्म लाइनमा जाने । गाउँबस्तीमा बसेर फिल्म हेर्न पाइन्थेन । आफ्नै काम धेरै हुन्थ्यो । फिल्म लाइनमा जाने भित्री इच्छा थियो । 

सन् १९६० को दशकको कुरा गर्दैछु, त्यतिखेर फिल्म लाइनमा मुम्बई जाने भनेको खेलाँचीको कुरा थिएन, इच्छा चाहिँ थियो । प्रहरी, आर्मीमा छनोट भए पनि सबैलाई स्किप गरेर मुम्बईकै बाटो खोजिरहें । 

सन् १९७४ मा रोमियो एण्ड सिक्किम भन्ने युनिट सिक्किममा छायांकनका लागि आएको थियो । त्यो युनिटसँग मित्रता गरें, परिचय गरें, तिनीहरूबाट मुम्बई जाने बाटो देखें । उनीहरूले हाउ टु एन्टर फिल्म भनेर सिकाइदिए । उनीहरूकै हिसाबले नै मैले २३ वर्षको उमेरमा मुम्बईको यात्रा तय गरें ।

मुम्बईमा संघर्ष गर्दा कस्ता किसिमका समस्याहरू झेल्नुपर्‍यो ?

– मेरो आफ्नै कथा नै हुन्छ, मुम्बईको संघर्षको विषय तर छोटकरीमा भन्दा रोमियो एण्ड सिक्किमको युनिटले मलाई मुम्बई बोलाएको थियो तर उसले ५०० भन्दा धेरै पैसा नबोक्नु भनेको थियो । त्यहाँ पुगेपछि थाहा भयो ५०० रुपैयाँको काम नलाग्दो रहेछ, त्यो भनेको एकदमै साह्रो परेपछि मात्रै चलाउनुपर्ने रहेछ ।

मुम्बईको पहिलो रात त मैले रेल्वे स्टेसनमा बिताएँ । दोस्रो रात चाहिँ एउटा साथी थियो, उसकोमा गएर बास मागें । सानो झुपडी जस्तो थियो । यहाँ बस्छस् भने बस् भन्यो, पंखा थिएन, असाध्यै गर्मी । मनमा अठोट थियो यहाँ जसरी पनि अडिनुपर्छ भनेर । कोठा भाडामा पाइन्थ्यो तर कोठा भाडा तिर्ने पैसा पनि हुँदैनथ्यो । 

अलि पछि अर्को साथी हनिफलाई भेटें । उसलाई कति दिन लाग्ने हो काम सिक्न, पैसा कमाउन बस्ने ठाउँ पाएदेखि हुन्थ्यो भनें । पुरानो घर रहेछ उसको आमालाई सोध्यो, सफा गरेर बस्न सक्छस् भने बस् भनेपछि सफा गरेर बसें । त्यही कोठाबाट नै टेक्निसियन भएर निस्किएँ । पछि सानो आफ्नो कोठा लिएँ । त्यसरी अगाडि बढ्दै गएँ । 

त्यहाँ सर्भाइभ हुन धेरै गाह्रो भयो । फिल्म क्षेत्रमा काम गर्ने हो भने पहिले स्पटब्वाय गर् भन्यो गरें, त्यसपछि असिस्टेन्ट मेकअप म्यान भएर काम गरें । मेकअपमा पनि मन परेन, त्यहाँ गालीगलौज धेरै हुन्थ्यो । लाइट ब्वाय, क्यामरा टेकर भएर पनि काम गरें ।

एक दिन एडिटिङ रूममा पुग्ने मौका पाएँँ । त्यहाँको माहोल, काम गराइ हेर्दा के लाग्यो भने एस् यो डिपार्टमेन्टमा प्रवेश गर्न पायो भने फिल्म इन्डस्ट्रीमा केही न केही गर्न सक्छु । त्यसपछि त्यहाँका गुरुजीलाई अनुरोध गरें । त्यो यात्रापछि भने मैले पछाडि फर्केर हेरिनँ । त्यसपछि इडिटर भएँ । त्यही टेबलमै डाइरेक्सन सिकें, त्यसपछि डाइरेक्सनमा आएँ । आफ्नै प्रोडक्सन हाउस बनाएर अहिलेसम्म चलिरहेको छ । 

चलचित्र क्षेत्रमा पनि निर्देशन नै रोज्नुभयो, हिरो बन्न मन लागेन ?

– (हाँस्दै) जान त म पक्का हिरो नै बन्छु भनेर मुम्बई गएको हो । मुम्बईमा पुगेपछि मभन्दा धेरै राम्रा, ह्यान्सम, टल, गूड लूकिङ, हिन्दी अंग्रेजी उर्दूमा कमाण्ड भएका केटाहरू पनि संघर्ष गरिरहेको देखें । त्यो एउटा रहर चाहिँ थियो । त्यतिबेला मेरो साथीले भन्यो – यहाँ अडिएर बसिस् भने पो तँ आर्टिस्ट हुन्छस् त ! अडिनै सकिनस् भने के को आर्टिस्ट ? कि तेरो घरबाट धेरै पैसा आउनुपर्‍यो कि कमाउनुपर्‍यो । त्यसपछि टेक्निसियन काम सिक्दै काम गरियो । एकपटक टेक्निसियन भइसकेपछि हिरोको चक्करसक्कर दिमागबाट निस्क्यो पनि । 

भारती घिमिरेको फेसबुकबाट ।

मुम्बईमा सम्पादनको काम गरिरहेको मान्छे नेपाल प्रवेश कसरी भयो ?

– मैले धेरैपटक भनेको छु यो प्रसंग । धेरै चलचित्रहरूमा एसिस्टेन्ट गरिरहेको थिएँ म । त्यतिबेला एउटा फिल्म चलिरहेको थियो ‘चाचा भतिजा’ भन्ने रणधीर कपूरको, त्यही बेला ‘सिन्दूर’ चलचित्र लिएर प्रकाश थापा दाइ आउनुभयो ।

त्यतिबेला ईपी र एलपी भन्ने रेकर्डरहरू निस्कन्थ्यो । एलपीमा लामो गीतहरू अट्थ्यो । ईपीमा ३ मिनेट २५ सेकेन्डको भन्दा बढी हुन हुँदैथ्यो । गीतहरू प्रायः ५–६ मिनेटको हुन्छ । त्यसलाई ३ मिनेट २५ सेकेन्डमा ल्याउनलाई रिपिटहरू सबै इडिट गरेर चिटिक्क पानुपथ्र्यो । ‘सिन्दूर’ फिल्मको त्यो कामको लागि प्रकाश थापा दाइ मेरो गुरुकोमा आउनुभएको थियो ।  

गुरुले त्यो काम मलाई दिनुभयो । फटाफट सिन्दूर चलचित्रको ५ वटा गीतको काम गरें । पैसा कति दिन्छ राख भन्नुभयो गुरुले । प्रकाश थापा दाइले कति दिउँ त भन्नुभयो । दाइ तपाईंको फ्यान हुँ म, पर्दैन । मेरो सानो कन्ट्रिब्युसन सम्झनुहोस् भनें । उहाँले एउटा नोट दिनुभयो, त्यो नोट अझै छ मसँग ।

त्यसपछि एकदिन गुरुले तँ कुन भाषामा कुरा गरिरहेको थिइस् त्यो मान्छेसँग भन्नुभयो । मैले नेपाली भनेपछि तँलाइ नेपाली आउँछ भनेर सोध्नुभयो । म नेपाली नै हो भनें । काम गर्न लागेको २ वर्ष भइसक्दा पनि त्यतिबेलासम्म को के हो भनेर सोध्नु नै भएको थिएन ।  

नेपाली फिल्म इन्डस्ट्री कस्तो छ भनेर सोध्नुभयो, फस्टाएको त छैन तर ६–७ वटा फिल्म बन्यो भनें । उहाँले वर्षमा ६–७ कि अहिलेसम्म भनेर सोध्नुभयो । अहिलेसम्म बनेको भनें । त्यसपछि अरु कुरा भएन । 

पछि गुरुपूर्णिमाको दिन सबै गुरु भाइहरूलाई एउटा राम्रो पार्टी दिनुभयो । गुरुआज्ञा पनि दिनुभयो । गुरु दक्षिणा पनि दिनुभयो । मलाई चाहिँ तैंले के भाषा भनेको थिइस् भन्नुभयो, मैले नेपाली भनें, तेरो भाषामा १० वटा चलचित्र बनाउनू गुरुआज्ञा पनि यही हो गुरु दक्षिणा पनि यही हो भन्नुभयो । सबैले ताली पनि बजाइदिए । त्यतिबेला पैसा कहाँबाट ल्याउनु भन्न पनि सकिएन । सोचें मनमा – पैसासैसा छैन अरु आज्ञा दिनु भनेर १–२ दिनमा भन्छु भनेर तर १ हप्ता नबित्दै गुरु बित्नुभयो । त्यो एउटा भारा बस्छ भन्छन्, त्यहाँ गुरुको एकदमै मान छ, कसरी बनाउने त्यत्रो चलचित्र ? पैसा खोज्न थालें ।

मेरो एउटा साथीले जहाँसम्म पैसा लाग्दैन त्यहाँसम्म काम गर् भन्यो । स्टोरी, स्क्रिन प्ले, म्युजिक, लिरिक्स बनाउञ्जेलसम्म त पैसा काम छैन भन्यो । कलेजका दिनहरूमा एउटा नाटक गरेको थिएँ, त्यसैलाई स्टोरी बनाएँ । स्क्रिनप्ले पनि गरें । डाइलग त्यही हिसाबले लेखें । गानाहरू पनि जम्मा गरियो । 

रञ्जित गजमेर दाइसँग पनि त्यतिखेरै भेट भएको थियो, लौन म्युजिक गरिदिनुपर्‍यो भनें । उहाँले म्युजिक रेडी गरिदिनुभयो । ‘मिरमिरे साँझमा सिमसिमे पानीमा’, ‘झझल्को लिएर आएछ सावन’, ‘हिमाल जलेर ज्वाला भएछ’ उहाँले कम्पोज गरिदिनुभयो । त्यहाँसम्म पुग्दा स्क्रिप्ट, गीतहरू पनि तयार भयो । अनि फाइनान्स खोज्न थालियो, त्यतिबेला एउटा बेंगोली मित्र भेटें । उसले ल ५ लाखसम्म म पैसा हाल्दिन्छु भन्यो । त्यतिबेला ४ लाख ७५ हजारमा ‘बाँसुरी’ बन्यो । फस्र्ट स्टेप त भयो अब ९ वटा स्टेप छ अझै, कसरी जाने ? दोस्रो चलचित्र हामी आफैंले मिलेर ‘कुसुमे रुमाल’ बनायौं । कसैले २० हजार, २५ हजार हाले । त्यो ‘सक्सेसफुल’ पनि भयो, २–४ जना लगानीकर्ताहरू पनि भेटियो । त्यसपछि लगातार चलचित्र बनाइयो । १०औं चलचित्र चाहिँ ‘दक्षिणा’ हो । गुरुदक्षिणा नाम राखेको थिएँ मैले, त्यो अलरेडी दर्ता भइसकेको रहेछ । 

तपाईंले निर्देशन गरेको पहिलो नेपाली चलचित्र ‘बाँसुरी’ नेपालमा प्रदर्शन हुन पाएन, किन ?

– त्यहाँ एउटा गीत थियो ‘हिमाल जलेर ज्वाला भएछ, आशाहरू सबै राख भएछन्’ भन्ने । त्यो गीतमा कसले तुलसी घिमिरेले त हिमाल नै जलाइदिएछ भनेर सुनाइदियो । त्यो गीत ब्यान भयो । मैले सफाइ पनि दिएँ – त्यो एउटा हिरोको मनस्थिति हो । हिमाललाई कसले जलाउन सक्छ र ? एउटा सानो बरफको टुक्रालाई जलाउन सकिँदैन भने, हिमाल कसले जलाउँछ भनेर तर पनि गीत ब्यान भएपछि फिल्म पनि ब्यान भयो । नेपालमा रिलिज भएन त्यो चलचित्र । त्यसले लगानी इन्डियाबाटै उठायो । 

दोस्रो चलचित्र ‘कुसुमे रुमाल’ लिएर नेपाल आउनुभयो, तपाईंको निर्देशन जीवनमा यसलाई ‘टर्निङ प्वाइन्ट’ मान्न सकिन्छ ?

– हो त्यो मान्न सकिन्छ । खासगरी टर्निङ प्वाइन्टकै हिसाबले हेर्न हो भने बाँसुरीलाई नै मानिन्छ, किनभने मैले मूभ गरेको बेला हो त्यो तर कुसुमे रुमालले चाहिँ गति लियो । १० स्टेप पुग्छु भन्ने आँट कुसुमे रुमालले दियो । 

बजेट जुटाउन कत्तिको गाह्रो हुन्थ्यो ?

– (हाँस्दै) भयंकर गाह्रो नि ! कसले हाल्ने ? कसैले नसोचेको ठाउँ, त्यहाँ पैसा हाल्न कोही आउँदैन्थ्यो । फकाउँदा–फकाउँदा बल्ल पाइन्थ्यो । 

निर्देशनसँगै थुप्रै चलचित्रमा पटकथा, संगीतकार, सम्पादकको भूमिका निभाउनुभयो । चलचित्र ‘बलिदान’ र ‘रहर’मा तपाईंले क्यामरा म्यानको समेत काम गर्नुभयो । एउटै मान्छेले त्यतिधेरै जिम्मेवारी किन लिनुपरेको ?

– कामसँग सम्बन्धित कुराहरू सबै मुम्बईमा सिकियो । गीत लेख्दा पनि धेरै ठाउँमा गएर गीत लेखाउने प्रयास गरें । उनीहरू भन्थे – २–३ दिनपछि आऊ । स्क्रिनप्ले, डाइलगहरू लेख्ने त्यतिबेला यहाँ कोही पनि थिएन । एक त म चिन्दिनँ थिएँ यहाँ । मुम्बईमा नेपाली लेख्ने कोही थिएन । यहाँ आएर गर्ने स्थिति थिएन पनि । सिकेको त हो नि भनें । गीत म पहिले पद्यमा लेख्थें । त्यसपछि मिटरमा हाल्थें । बडा मेकानिकल पाराले गरेको सबै कामहरू । एडिटिङमा त एक्सपर्ट नै थिएँ, अवार्डहरू पनि पाएको थिएँ । 

स्टोरी म आफैं गर्थे । कतिवटा स्टोरीहरू ल्याएर नदिएका पनि होइनन् । स्टोरीभन्दा पो सजिलो हुन्थ्यो, त्यसलाई पिक्चराइज गर्न त एकदमै महंगो हुन्थ्यो । ठिक्कको बजेटभित्र आउने स्टोरीहरू आफैं लेख्थें । त्यसलाई स्क्रिनप्ले गर्थे, डाइलग, लिरिक्स लेख्थे । हेर्दाखेरी पैसा बचाउन गरेको जस्तो पनि हुन्थ्यो । केही हदसम्म ठीकै पनि हो तर धेरै पैसा त बच्दैन्थ्यो । टीम नभेटुञ्जेल मैले यसरी नै काम गरें ।

भारती घिमिरेको फेसबुकबाट ।

आर्थिक हिसाबले नेपालभन्दा मुम्बईमा राम्रो हुन्थ्यो होला, फर्कने सोच आएन ?

– ‘दक्षिणा’ बनाइसकेपछि १० वटा ‘कम्पलिट’ भयो, अब जाँदा हुन्छ होला सोचेको थिएँ तर प्रकाश थापा दाइलगायत धेरैले यो तिम्रो सोसाइटी पनि भयो । यहीँ गरौं भन्नुभयो । त्यहाँ ब्यागभरिको पैसा पाउँछस्, हृदयभरिको माया चाहिँ यहीँ नै पाउँछस् । नेपालीको जुन माया छ त्यो त्यहाँ पाउँदैनस् सोच भनेपछि मलाई कुरा राम्रै लाग्यो । त्यसपछि यहीँ बसें । 

बाँसुरीदेखि दर्पण छायाँ २ सम्म आउँदा २३ वटा चलचित्र निर्देशन गर्नुभयो तर त्यसमध्येको एउटा एनिमेटेड चलचित्र ‘गौतम बुद्ध’ प्रदर्शनमा आएन, किन ?

– २० करोड लगानीको चलचित्र थियो त्यो । ४५ भाषामा डबिङ गर्ने तयारी थियो । त्यसका लगानीकर्ताको मृत्यु भएपछि त्यो प्रदर्शनमा आउन सकेन । मैले कोसिस गरिरहेको छु । एनिमेसनको लागि प्रयास भइरहेको छ । हेरौं यसलाई बढाउन सकिन्छ कि नाइँ ? कसैले चाहिँ ‘ह्युमन बिइङ’ नै राखेर गरौं न त, फिचर्ड फिल्म बनाउन त भनेर सुझाव पनि आए तर ३२ लक्षणयुक्त गौतम बुद्धका लागि मान्छेलाई कसरी देखाउने त्यसैले एनिमेसन नै बनाउने भन्ने छ । भविष्यमा बन्छ यो । 

चलचित्र बनाउँदा नेपाली नागरिकता नभएर केही समस्या त भएन ? 

– मेरो नेपाली नागरिकता छैन । गौतम बुद्ध बनाउँदा इच्छा थियो मानार्थ नागरिकता मैले पाएँ भने बाइचान्स कतैबाट ठूलो अवार्ड लिएर आउँदा पियोरली नेपाली नाम भयो भने मलाई पनि खुुशी लाग्थ्यो । 

चलचित्र विकास बोर्डले यसबारे पहल गरेको थियो । अहिले थाहा छैन, त्यो फाइल कहाँ अड्कियो तर नागरिकता नभएर कहीँ पनि अल्झनुपरेन । त्यो स्नेह, माया सोचेभन्दा धेरै पाएको छु ।

अहिले चलचित्र प्रमोसनका लागि सामाजिक सञ्जालको बढी मात्रामा प्रयोग भएको पाइन्छ, त्यसबेलाको प्रचार शैली कस्तो थियो ?

– फिल्म हलमा ट्रेलर देखाइन्थ्यो । करीब ५ मिनेटको हुन्थ्यो । त्यही नै थियो प्रचार शैली । त्यसबाहेक रेडियो, पत्रपत्रिकाबाट पनि प्रचार हुन्थ्यो । माउथ पब्लिसिटी धेरै हुन्थ्यो । नेपाली चलचित्र कुन बन्दैछ भनेर प्रायः थाहा हुन्थ्यो । फिल्म हेर्ने कल्चर थियो त्यतिबेला । 

भारती घिमिरेको फेसबुकबाट ।

पहिले चलचित्रले ५१ दिन मनायो भनेर ‘सेलिब्रेसन’ गर्ने चलन थियो, यसको अर्थ के हो ?

– ५१ दिन त हामीले स्टार्ट गरेको । एउटै हलमा ३ शो १०० दिनसम्म चल्यो भने ‘हन्ड्रेड डेज’ भनेर मनाइन्थ्यो । सिल्भर जुबिली एउटै हलमा ३ शो २५ हप्तासम्म चल्नुपथ्र्यो । ५० हप्ता चले गोल्डेन जुबिली, ७५ हप्ता चल्यो भने डायमण्ड जुबिली, १०० हप्ता चल्यो भने प्लाटिनम जुबिली यसरी गरिन्थ्यो त्यतिबेला । 

अहिलेसम्म नेपाली चलचित्रमा ३ वटा कुसुमे रुमाल, लाहुरे र चिनो सिल्भर जुबिली भयो । दर्पण छायाँ चाहिँ हन्ड्रेड डेज पार गर्‍यो । सानो मार्केटमा ५१ दिन चल्नु पनि ठूलो कुरो हो भनेर ५१ दिन पनि मनाऔं न त । ५१ दिन चल्नु पनि हामी सक्सेसफुल हो भनेर, त्यसरी शुरूआत भएको हो । 

पहिले र अहिलेका दर्शकको ‘फिल्मी टेस्ट’मा केही फरक पाउनुभएको छ ?

– खासै टेस्ट फरक भएको पाएको छैन । इमोसनल फिल्म सबैलाई चाहिन्छ, कमेडी पनि केही हदसम्म चल्छ । टेस्ट फरक भएको भनेको अहिले युवा पुस्ताको हो तर उनीहरूलाई पनि साह्रो फटाहापन मन पर्दैन । उनीहरू पनि इमोसनल चलचित्र बारम्बार हेर्न रुचाउँछन् । टार्गेटेड अडियन्स युवा पुस्ता भए पनि कन्टेन्ट हाम्रै सोसाइटी र परिधिभित्रको हुनुपर्छ । कुनै बलिउड, हलिउड चलचित्रको नक्कल गर्न जरुरत नै छैन । 

अहिले बनिरहेका चलचित्र र पहिलेका चलचित्रलाई कसरी तुलना गर्नुहुन्छ ?

– पहिलेको चलचित्रहरूमा टेक्निकल रूपमा राम्रो थिएन । अहिलेको चलचित्रमा टेक्निकल पार्ट राम्रो छ । पहिलेको चलचित्रमा सर्टेन फर्मुला हुन्थ्यो । टेक्निलकल फर्मुलमा बनाउँथ्यौं हामी, लङसट, एक्सट्रिम लङसट, मिड लङसट, क्लोज सटलगायत यसरी सट डिभिजन गरेर बनाउँथ्यौं । अहिले चाहिँ भिजुअल अर्कै हुन्छ, बेटर भिजुअल हुन्छ । त्यतिबेला सोल लाइन राम्रो हुन्थ्यो । पोजिटिभ स्टोरी हुन्थ्यो, कन्टेन्ट राम्रो हुन्थ्यो । अहिले टेक्निकल राम्रो छ, कन्टेन्ट फितलो नै छ । 

अहिलेका चलचित्रमा के–के सुधारको आवश्यकता छ ?

– कन्टेन्ट राम्रो ल्याउनुपर्छ । पर्फम राम्रो गर्नुपर्छ । अनि टेक्नोलोजीको सही सदुपयोग गर्नुपर्छ । 

अबको चलचित्र क्षेत्र कस्तो हुनुपर्छ वा बनाउनुपर्छ ?

– अब चलचित्र क्षेत्रको परिधि बढाउनुपर्छ । अन्तर्राष्ट्रिय प्लाटफर्ममा पुग्नुपर्छ । त्यसका लागि यहाँको मौलिक कथाहरू चाहिन्छ । त्यही हिसाबको स्क्रिनप्ले, पर्फम पनि चाहिन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा हिन्दी फिल्महरू गए नि पहिले त्यहाँको चलचित्र उद्योग पनि गरीब थियो । त्यति पावरफुल थिएन । अन्तर्राष्ट्रिय चलचित्रमा जमाइसकेपछि धेरै पावरफुल भयो ।

हामी पनि अहिले संसारभर जहाँजहाँ नेपालीहरू फैलिएका छन्, त्यहाँ त्यहाँ पुग्यौं भने, डिफ्रेन्ट फेस्टिभलहरूलाई रिप्रिजेन्ट गर्न सक्यौं भने पक्कै पनि यसको परिधि बढेर जान्छ । त्यो हुनुपर्छ पनि । नत्र हामी आफैंलाई ढाँट्दै बसिरहेका छौं नि बिर्तामोड, दमकमा अपार सफलता भनेर । त्यसरी नै आफैंलाई ढाँट्दै बसिरहेका हुनेछौं । नेपाली चलचित्रको भविष्य एकदमै उज्जवल छ, राम्रो छ तर भविष्य उज्जवल भएर मात्रै भएन । क्रियटिभ मानिसहरूले यसलाई कसरी प्रयोग गर्ने भन्ने जान्नुपर्छ । 

भारती घिमिरेको फेसबुकबाट ।

प्रसंग बदलौं, कति वर्षको उमेरमा विवाह गर्नुभयो ?

– ३८ वर्षको उमेरमा भारतीसँग विवाह भयो । अलि ढिलो पनि के भन्नु एकदमै ठिक्क उमेरमा बिहे गरेको जस्तो लाग्छ ।

प्रेम विवाह कि ‘एरेन्ज’ ?

– के भन्नु, के भन्नु । टेक्निकल हो कि खोइ ? (हाँस्दै) उनी मेरो असिस्टेन्ट थिइन्, सँगै धेरै काम गर्‍यौं । हाम्रो कुरा मिल्थ्यो, मन मिल्थ्यो । रोमान्स भन्ने कुरा कहिल्यै पनि आएन । मेरो घरबाट विवाहको लागि प्रेसर आउन थाल्यो । त्यतिबेला ह्वाइनट यू भन्ने कुरा आयो । पछि दुवैपट्टिको बुवाआमाले कुरा मिलाएर, चिना मिलाइयो, मिल्यो पनि । एरेन्ज भनौं भने, प्रेम पनि भएको हो । प्रेम भनौं सबैको मिलेमतोमै भएको हो ।  टेक्निकल मन मिलेको पनि हो । (हाँसो)

सँगै काम गर्ने रञ्जित गजमेरलाई ससुरा बनाउनु भो है ?

– कस्तो भयो भने सँगै काम गथ्र्यौं, घरमा आनाजाना भयो । उनको छोरी पनि टेक्निकल लाइनमा आइन् । पहिले त हामी साथीसाथी जस्तै थियौं । अहिले पनि म रञ्जित दाइ नै भन्छु, उहाँले पनि ओ गाउँले भन्नुहुन्छ । यो रिलेसन आफ्नो ठाउँमा छ हाम्रो पुरानो रिलेसन हो नि त ! फ्रेन्डसिपको रिलेसन हो । यो रिलेसनमा कसैको पनि बाधा भएन । 

भारती घिमिरेले गाउनुभएका धेरै गीतहरू लोकप्रिय पनि छन्, त्यसलाई किन अगाडि बढाउनु भएन ?

– उनी पहिले गायिका हुन् । राम्रो गाउँथिन् तर पछि निरन्तरता दिइनन् । २ पाते सुइरो, पिरतीको मीठो तिर्सना, रेलिखोला बगर लगायतका थुप्रै गीतहरू गाएकी छन् । 

छोरीहरू भावना र पञ्चमीले के गर्नुहुन्छ ?

– भावनाले हिन्दी चलचित्रमा आर्ट डाइरेक्सन गर्छिन् । पञ्चमी एड फिल्महरूमा प्रोडक्सन एक्जुक्युटिभ हुन् । अहिले डाइरेक्सनमा छिन्, भविष्यमा डाइरेक्सनमा आउने भन्दैछिन् । डाइरेक्सन सिक्दैछिन् पनि ।

अन्त्यमा, चलचित्र क्षेत्रका नयाँ पुस्तालाई यहाँको सुझाव के छ ?

– पुरानो पुस्ताले नयाँ पुस्तालाई जहिल्यै पनि स्वागत गर्छ तर नयाँ पुस्ताले के कुरा सिक्नुपर्छ भने आर्टिस्ट हुन आउनेले हिन्दी, बंगाली फिल्म त्यहाँ किन पुग्यो त ? त्यहाँको आर्टिस्टले के कन्ट्रिब्युट गर्छ, त्यो पढ्नुपर्छ, जान्नुपर्छ । सर्जकहरूले पनि उनीहरू कत्तिको सिरियस छन् भन्ने कुरा ख्याल गर्नुपर्छ । 

फिल्म किन बनाउने ? पैसाका लागि बनाउने हो भने त गलत हो । केही पैसा लगानी हुन्छ, केही पैसा फर्कन्छ त्यही हो । नेपाली चलचित्र चाहिन्छ भने कुन रूपमा चाहिन्छ ? यस्ता कतिपय कुराहरू सोच्नुपर्छ । सोचेर आइयो भने यो लाइन धेरै अगाडि बढ्न सक्छ । 

अहिले पढेको नयाँ जेनेरेसन आएको छ, उनीहरू एकदमै ट्यालेन्टेड छन् । अलिकति त्यतातिर स्टडी गरेर फिल्म उद्योगलाई कसरी अगाडि बढाउने भनेर सोचेर आयो भने भविष्य एकदमै उज्जवल छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x