१० असार २०८३, बुधबार

छात्रामाथि यौन दुर्व्यवहार गरेको ३ शिक्षकमाथि आरोप, आक्रोशित विद्यार्थीले गरे तोडफोड

छात्रामाथि यौन दुर्व्यवहार गरेको ३ शिक्षकमाथि आरोप, आक्रोशित विद्यार्थीले गरे तोडफोड

पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ शान्तिपुरस्थित जनता माध्यमिक विद्यालयमा विद्यार्थीले तोडफोड गरेका छन् । 

आफ्नै विद्यालयका ३ शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।

आक्रोशित विद्यार्थीले ३ जना शिक्षकले पछिल्लो डेढ महिनादेखि छात्रामाथि यौन दुर्व्यवहार गरेको र विद्यालयमा निवेदन दिँदा समेत आवश्यक कारबाही नभएको भन्दै मंगलवार विद्यालयमा तोडफोडका साथै तालाबन्दी गरेका छन् ।

विद्यालयमा ४ देखि ८ कक्षासम्म अध्ययनरत छात्राले शिक्षकले गलत नियतले छुने गरेको आरोप लगाएका छन् । गलत नियतले छुने गरेको भन्दै बालिका छात्राले चैत दोस्रो हप्ता विद्यालयका शिक्षक रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकविरुद्ध विद्यालयमा निवेदन दिएका थिए ।

निवेदनमा छलफल गर्न मंगलवार विद्यालय परिसरमा बैठक बसेको थियो । बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै विद्यार्थीले तोडफोड गरेका छन् ।

स्थानीय समेत रहेका ३ शिक्षकहरू केही दिनदेखि बिदामा बसेको जानकारी आएको ईलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुङ्गेलीले बताए । उनले प्रहरीमा कुनै उजुरी नआएको बताउँदै घटनाको आवश्यक थप अनुसन्धान भइरहेको बताए ।

‘यौन दुर्व्यवहारको घटना पहिलेदेखि रहेछ, २ हप्ताअघि पनि भएको रहेछ । विद्यालयमा निवेदन परेको रहेछ । हामीलाई उजुरी र जाहेरी केही पनि आएको छैन,’ प्रहरी निरीक्षक लुङ्गेलीले भने, ‘विद्यालयबाट आज बिहान घटनाको जानकारी आयो । अब थप आवश्यक अनुसन्धान हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्