×

NMB BANK
NIC ASIA

काठमाडौंमा मेयरको टिकट पाउन स्थापितको जोडबल

बालकोटमा काठमाडौंको चुनावी हिसाबकिताब– ओलीलाई स्थापितले सुनाए सवा लाख मत ल्याउने योजना !

चैत २४, २०७८

NTC
Premier Steels

काठमाडौं महानगरपालिकामा एमालेबाट मेयरको टिकट दाबी गरिरहेका नेता केशव स्थापितले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौंमा मेयर जित्ने हिसाबसहितको योजना सुनाएका छन् । 

Muktinath Bank

मंगलबार साँझ र बुधबार बिहान अध्यक्ष ओली र नेता स्थापितबीच स्थानीय तह निर्वाचनको बारेमा विस्तृतमा छलफल भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राजनीतिक कामको हिसाबले अध्यक्षसँग नियमित छलफल हुन्छ । निर्वाचन नजिकिएपछि झन् धेरै छलफल स्वाभाविक हो । अनवरत छलफल भइरहन्छ । हामीले स्थानीय तह निर्वाचन र घोषणा पत्रका बारेमा विस्तृतमा छलफल गरेका छौं’, स्थापितले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

डोरमणि पौडेल बागमती प्रदेशको मुख्यमन्त्री हुँदा भौतिक योजना तथा विकास मन्त्री रहेका स्थापितले मुख्यमन्त्रीसँगको टकरावपछि राजीनामा दिएका थिए । अहिले बागमती प्रदेश सभाको सांसद रहेका स्थापितले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्न पार्टीभित्र तीव्र लबिङ गरिरहेका छन् ।

Vianet communication

२०७४ को स्थानीय तह निर्वाचनका बेला पनि स्थापितले काठमाडौं महानगरपालिकामा मेयरको टिकटको दाबी गरेका थिए । तर, अध्यक्ष ओलीले त्यतिबेला विद्यासुन्दर शाक्यलाई टिकट दिए । 

शाक्यले टिकट पाएपछि निराश बनेका स्थापित चुनावी प्रचारका क्रममा निस्क्रिय बसेका थिए । पछि नेताहरूले चुनावमा सघाउन अनुरोध गरेपछि उम्मेदवार शाक्यको १०१ बुँदे घोषण पत्र बनाउन सहयोग गरेर स्थापित चुनावी प्रचारमा निस्किएका थिए । स्थापितको सहयोगले शाक्यलाई काठमाडौंमा विजयी झण्डा फहराउन केही सहयोग पुग्यो ।

अध्यक्ष ओलीलाई भेटेर स्थापितले चैत महिनाभित्रै काठमाडौंको मेयरको उम्मेदवार टुंगो लगाउन भनेका छन् । 

‘चैत्र महिनाभित्रै मेयरको उम्मेदवार टुंगो लगाउने हो भने एक लाख २० हजार मतसहित मेयरको चुनाव जित्न सकिन्छ । जति ढिलो उम्मेदवारी घोषणा भयो त्यति कम मत आउने हो । छिटो निर्णय गर्नुपर्छ भन्नेमा अध्यक्ष सहमत हुनुहुन्छ’, स्थापितले भने ।

एमाले अध्यक्ष ओलीलाई काठमाडौं महानगरमा कसले कति काम गरेको छ, कसको योगदान के रहेको छ भन्ने कुरा सुक्ष्मरूपमा जानकारी रहेको स्थापितले बताए ।

‘कुन वडामा कसले के काम गर्‍यो वा गरेन भन्ने उहाँलाई सबै जानकारी छ । मैले त यो काम गर्दा एमालेको श्रीवृद्धि हुन्छ । काठमाडौंमा लहर उठ्यो भने वरिपरिको सबै नगरपालिका जित्न सजिलो हुन्छ भनेको हो’, स्थापितले भने, ‘यो काम मैले गर्नसक्छु भनेर दाबी गर्ने हो ।’ 

यस्तो छ स्थापितले ओलीलाई सुनाएको चुनाव जित्ने हिसाब

नेता स्थापितले एमाले अध्यक्ष ओलीलाई स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा एमालेले एक लाख २० हजार मत ल्याउन सक्ने योजना सुनाएका छन् । 

स्थापितले भने, ‘म मेयरको उम्मेदवार भएका बेला ८४ हजार मत ल्याएको हो । गत चुनावमा अहिलेको मेयर (विद्यासुन्दर शाक्य)ले मैलेभन्दा करीब २० हजार कम मत ल्याएको हो । चाँडै उम्मेदवार टुंगो लगाउँदा भोट बढाएर सवा लाख पुर्‍याउन सकिन्छ ।’

गत चुनावमा शाक्य ६४ हजार ९ सय १३ मत ल्याएर विजयी भएका थिए । गत चुनावमा एक लाख ९७ हजार २२७ मत खसेको थियो ।

गत चुनावमा शाक्यका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाएका थिए । 

तत्कालीन विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४३९ मत पाएकी थिइन् भने अहिलेको विवेकशील साझा (तत्कालीन साझा पार्टी)का उम्मेदवार किशोर थापाले १८ हजार ४९६ ल्याएका थिए ।

‘गत चुनावमा राजुराजले ४५ हजार मत ल्याएका थिए । माओवादीले ९ हजार मत ल्याए । दुवै जोड्दा ५४ हजार भयो’, स्थापितले भने, ‘एकीकृत समाजवादीले एमालेको १० हजार भोट बिगार्‍यो भन्ने अनुमान गर्दा पनि हामीसँग ७४ हजार मत (स्थापितले पाएको ८४ हजार मतको हिसाबमा) बाँकी नै हुन्छ ।’ 

अहिले मतदाताको संख्या थपिएको कारणले अरू गठबन्धन भएर आउँदा पनि काठमाडौंमा एमालेलाई हराउन नसक्ने उनको जिकिर छ ।

‘२०५४ सालमा पार्टी फुटेकै अवस्थामा पनि मैले ८४ हजार मत ल्याएको हो । चैत महिनाभित्रै उम्मेदवार टुंगो लगाएर हरेक वडामा उम्मेदवारले एक दिन बिताउन पायो भने एमालेको पक्षमा एक लाख २० हजारभन्दा बढी मत आउँछ । मैले भन्नेचाहिँ त्यति मत ल्याउने खुबी मसँग छ’, स्थापितले भने । 

२०५४ मा उम्मेदवार हुँदा आफूले मेयरको रूपमा पफर्मेन्स देखाउन नपाएको अवस्थामा नै सर्वाधिक मत ल्याएको उनले बताए । 

‘त्यतिबेला मेरो पफर्मेन्स नै देखाउन नपाएको बेला जनताले विश्वास गरेको हो । मैले त्यसबेला गरेको काम जनताले अहिलेसम्म सम्झिरहेका छन् । त्यसकारण, सवा लाख भोट ल्याउन सक्छु भन्ने आत्मविश्वास छ । मैले अध्यक्षलाई सबै टोल, वडा, क्षेत्रको चुनावी मत यस्तो हुन्छ भनेर बताएको छु’, स्थापितले भने ।

उम्मेदवारी टुंगो लगाउनुअघि काठमाडौंमा एमालेले गर्ने कामको बारेमा पनि टुंगो लगाउनुपर्ने उनले बताए ।  

‘काठमाडौंमा एमालेले नै जित्छ भनेपछि काठमाडौंका लागि एमालेको नीति के हुने भन्ने स्पष्ट हुनुपर्छ । काठमाडौं महानगरपालिकामा स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा, भौतिक पूर्वाधारका क्षेत्रका के काम गर्ने भन्ने स्पष्ट योजना हुनुपर्छ’, स्थापितले भने, ‘काठमाडौंमा घरबाहिर निस्केपछि पिसाब लाग्यो भने कहाँ जाने भन्ने समस्या छ । निजी क्षेत्रलाई परिचालन गरेर पाँचसय वटा शहरी सेवा केन्द्र बनाइयो र त्यहाँ निःशुल्क शौचालय प्रयोग गर्न पाइयो, सस्तोमा पानी किन्न पाइयो भने जनतालाई सहज हुन्छ ।’

आफू उम्मेदवार नभए पनि शहरी विकासको योजनाबारे निरन्तर छलफल गर्ने उनी बताउँछन् । 

‘शहरी विकासका योजनाका बारेमा उम्मेदवार भएपछि मात्रै बोल्नुपर्छ भन्ने होइन । उम्मेदवार भए पनि नभए पनि शहर विकासको बारेमा आफ्ना विचार र योजना जहाँ अनि जहिलेसुकै राख्न पाइयो’, उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x