२३ असार २०८३, मंगलबार

एनसेलले ल्यायो नयाँ वर्षमा यस्तो अफर

एनसेलले ल्यायो नयाँ वर्षमा यस्तो अफर

नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ ।  

यी अफरहरू आज आइतवार (चैत २७) बाट सञ्चालनमा आएका छन्  । 

यस आकर्षक न्यु इयर कम्बो प्याकअन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याकहरू सुचारु गर्न सक्छन् । 

प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्छन् । 

त्यस्तै रिचार्ज योजनाअन्तर्गत प्रत्येक ग्राहकले ५० वा सो भन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरुप फेसबुक, टिकटक, यूट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्दछन् ।  

कम्बो प्याकअन्तर्गत ७ दिनको समयसीमा रहेको प्याक ग्राहकले करसहित मात्र ९६  रूपैयाँमा सुचारु गर्न सक्छन् र यस प्याकमा बण्डल गरिएको १ जीबी अलटाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिन १०० मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सक्छन् । 

त्यस्तै ग्राहकले १६८ मा ५ जीबी अलटाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को ७ दिने प्याक मात्र १६८ रूपैयाँमा सुचारु गर्न सक्छन् । 

ग्राहकका लागि २८ दिन समयसीमा रहेको प्याक पनि रहेको छ जसअन्तर्गत ग्राहकले २९८ मा २.५ जीबी डेटासँगै २५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्छन् । यो प्याक सुचारु गर्न इच्छुक ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन् । 

कम्बो प्याकअन्तर्गतनै विशेष प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुमसहित २८ दिन समयसीमा रहेको अन्य दुई प्याकहरू पनि रहेका छन् । ७९८ मा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन १ जीबी डेटासहित नन् स्टप अन नेट कल सुविधा (५००० मिनेटको फेयर युसेज पोलिसीअन्तर्गत रही), ५० मिनेट अफ नेट टक टाइम र १०० अल नेट एसएमएसको फाइदा लिन सक्छन् । 

यसै २८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले मात्र ९९८ मा हरेक दिन २ जीबी डेटा २८ दिनसम्म, एनसेल नेटवर्कभित्र नन् स्टप कल सुविधा,  १०० मिनेट अफ नेट टक टाइम र २०० वटा अल नेट एसएमएस पाउँछन् ।  

यसका साथै रिचार्ज योजनामा ग्राहकले ५० रूपैयाँ वा सो भन्दा बढीको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्दछन् । ५० देखि ९९ रूपैयाँ रिचार्ज गर्ने ग्राहकले १ दिनको समयसीमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्दछन् ।

त्यस्तैगरी १०० देखि १९९ को रिचार्जमा ग्राहकले ३ दिनको समयसीमा रहेको २०० एमबी सोसल प्याक र २०० वा सो भन्दा बढीको रिचार्जमा ग्राहकले ७ दिनको समयसीमा रहेको ५०० एमबी सोसल प्याक पाउँछन् । 

यसरी बोनसमा पाइने सोसल प्याकको डेटा ग्राहकले फेसबुक, टिकटक र यूट्युब चलाउन प्रयोग गर्न सक्छन् ।

नयाँ वर्षको अवसरमा ल्याइएका यी नयाँ योजनाहरूले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न र ग्राहकहरुलाई सञ्चार सेवा सुलभ र सहज बनाउन ठूलो महत्त्व राख्ने विश्वास एनसेलले लिएको छ । रिचार्ज योजना १५ दिनको लागि मान्य रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्