२८ असार २०८३, आइतबार

राइडर श्रेष्ठलाई रोयल इनफिल्डको ५ लाख सहयोग

राइडर श्रेष्ठलाई रोयल इनफिल्डको ५ लाख सहयोग

रोयल इनफिल्डका अनुभवी राइडर प्रमोद श्रेष्ठलाई रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समूह अन्तर्गतको अल्फा अटोमोटिभका कार्यकारी निर्देशक हर्ष संघाइले सम्मान गरेका छन् । 

श्रेष्ठले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र इन्डियाको सफल यात्रा गरिसकेका छन् । उनले सन् १९९५ मा २२ घण्टा २८ मिनेटको समयावधिमा रोयल इन्फिल्ड ३५० सीसीबाट पूर्व–पश्चिम राजमार्ग (मेची – महाकाली)  यात्रा गरी कीर्तिमान कायम गरेका थिए । 

विभिन्न सामाजिक कार्यहरुमा सक्रिय श्रेष्ठद्वारा हुन लागेको सगरमाथा आरोहणलाई सफल बनाउन कम्पनीले ५ लाखको चेक हस्तान्तरण गरेको छ ।  साथै उक्त कार्यक्रममा रोयल इनफिल्डको झण्डा  सगरमाथाको शिखरमा पुर्याउनका लागि संघाइले श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्