३० असार २०८३, मंगलबार

सलमान खानको फिल्मकी अभिनेत्री जेल चलान, आरोप यस्तो

कात्तिक २०, २०७४
सलमान खानको फिल्मकी अभिनेत्री जेल चलान, आरोप यस्तो

नयाँ दिल्ली, २६ असार– सलमान खानको फिल्म ‘बजरंगी भाईजान’ मा मूख्य अभिनेत्री करीना कपूरकी आमाको भूमिका निर्वाह गरेकी अभिनेत्री दुई वर्षका लागि जेल चलान भएकी छन् ।

विभिन्न टिभी सिरियलहरुमा समेत अभिनय गरिसकेकी अभिनेत्री अलका कौशललाई दुई वर्षका लागि जेल चलान गरिएको हो । अलकासँगै उनकी आमालाई पनि दुई वर्षको जेल सजाय सुनाइएको छ ।

दुईटै आमा–छोरीलाई चेक बाउन्सको आरोप लगाइएको छ । अभिनेत्री अलका र उनकी आमाले जालन्धरको एक गाउँमा एक किसानबाट ५० लाख रुपैयाँ सापटी लिएका थिए, टिभी सिरियल बनाउन भनेर । तर उनीहरुले उक्त पैसा फिर्ता गर्न सकेनन् ।

किसानले जब पैसा मागे उनीहरुले २५–२५ लाख रुपैयाँको दुईवटा चेक दिए । तर चेक बाउन्स भए ।

किसानले वकिलमार्फत सन् २०१५ मा मलेरकोटला अदालतमा मुद्दा दायर गरे । अदालतले दुई वर्षको सजाय सुनायो ।

त्यसपछि पनि अलकाले पन्जावको संगरुर जिल्लाको उच्च अदालतमा राहतका लागि गुहार गरिन् । तर अडिशनल सेशन अदालतले पनि तल्लो अदालतको फैसललाई सही ठहर्यायो । भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेत्री अलका र उनकी आमा संगरुरको जेलमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्