
हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो नयाँ वर्ष २०७९ योजना ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत ग्राहकहरूले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । नयाँ वर्ष बोनस ७९ हजार, एक्सचेन्ज बोनस ७९ हजारसम्म, मोडेल इयर डिस्काउन्ट ९९ हजार सम्म, द्रुत मूल्यांकन र स्पट एक्सचेन्जमा १ वर्षको लागि निःशुल्क बीमा र सडक कर छुटको अफर छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपालभर १६ शोरुम तथा १९ सर्भिस सेन्टरहरूमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।
‘हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरि करोडांै ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको छ,’ कम्पनीको दाबी छ ।