
बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव अझै कम भएको छैन । चैत २५ सम्ममा वाणिज्य बैंकहरूमा थपिएको निक्षेप र कर्जा प्रवाहले बैंकहरूमा तरलता अभाव अझै कम नभएको देखिन्छ ।
वाणिज्य बैंकहरूमा फागुन मसान्तको तुलनामा २५ चैतसम्ममा जम्मा १ अर्ब रुपैयाँ मात्रै निक्षेप थपिएको छ । यो अवधिमा कर्जा प्रवाह भने ३ अर्ब रुपैयाँ थपिएको छ ।
वाणिज्य बैंकहरूमा २५ चैतसम्ममा ४३ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यस्तो निक्षेप संकलन फागुन मसान्तमै ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगिसकेको थियो ।
यो अवधिसम्ममा कर्जा प्रवाह पनि ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । यस्तो कर्जा प्रवाह फागुन मसान्तमा ४१ अर्ब ७२ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको छाता संस्था बैंकर्स एशोसिएसनले जारी गरेको तथ्यांकमा उल्लेख छ ।