
काठमाडौं । हुन्डाई अटोमोवाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो नयाँ वर्ष २०७९ योजना ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत ग्राहकहरूले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । नयाँ वर्ष बोनस ७९ हजार रुपैयाँ, एक्सचेन्ज बोनस ७९ हजार रुपैयाँसम्म, मोडल एयर डिस्काउन्ट ९९ हजार रुपैयाँसम्म, द्रुत मूल्याङ्कन र स्पट एक्सचेन्जमा १ वर्षको लागि निःशुल्क बीमा र सडक कर पाउन सकिने कम्पनीले जनाएको छ ।
लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १६ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ ।