३२ असार २०८३, बिहीबार

मेक्सिकोमा एकै घरका ८ जनाको हत्या

चैत २९, २०७८
मेक्सिकोमा एकै घरका ८ जनाको हत्या
Image : istock

मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको छ । 

मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जनाको हत्या भएको त्यहाँ महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । 

मारिएकामा ६ जना महिला र दुई पुरुष छन् । त्यस्तै चार जना बालबालिका रहेको सो कार्यालयले जनाएको छ । 

अज्ञात व्यक्तिले परिवारका सदस्यहरूको हत्या गरेका हुन् । हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

अधिकारीहरूका अनुसार सबै जनालाई गोली हानिएको छ । गोली लागेर सात जनाको घरैमा मृत्यु भएको र एक जनाको अस्पतालमा मृत्यु भएको हो । -रासस/सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्