०४ साउन २०८३, सोमबार

आईपीएलमा चेन्नईको पहिलो जीत

चैत ३०, २०७८
आईपीएलमा चेन्नईको पहिलो जीत

 साविक विजेता चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जीत निकालेको छ ।

मुम्बईमा मंगलवार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई २३ रनले हराउँदै चेन्नईले पहिलो जीत निकालेको हो ।

चेन्नईले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १६ रन जोडेको थियो ।

चेन्नईले पाँचौं खेलमा पहिलो जित निकालेको हो । चेन्नईले यस अघिको चार खेलमा लगातार हार व्यहोरेको थियो ।

चेन्नईले ५ खेलमा २ अंक जोडेको छ ।

बैंगलोरको यो दोस्रो हार हो ।

बैंगलोरले ५ खेलमा ६ अंक जोडेको छ ।

salt training

कमेन्ट गर्नुहोस्