०९ साउन २०८३, शनिबार

सिटिजन्स बैंकले शुरू गर्‍यो नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुविधा

सिटिजन्स बैंकले शुरू गर्‍यो नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुविधा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुविधा शुरू गरेको छ ।

आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुबिधा बैंकले ल्याएको हो । बैंकले वैशाख ७ गते बैंकले आफ्नो १५ औं वार्षिकोत्सव मनाउँदैछ । 

नागरिक  एपमार्फत खाता  खोल्नका लागी ग्राहकहरुले बैंकको वेबसाइटमा गएर नागरिक एप मार्फत अनलाइन खाता खोल्ने सेवा छनोट गर्नुपर्ने छ ।  त्यसपछि स्क्रिनमा देखिएको क्यू.आर कोडलाई नागरिक एप बाट स्क्यान गर्नु पर्ने हुन्छ ।

सो प्रक्रिया पूरा गरिसकेपछि सो एपमा भएको व्यक्तिगत विवरणहरू आफै अनलाइन फर्ममा भरिनेछन् र बाँकी विवरण भरी ग्राहकहरुले सजिलै अनलाइन खाता खोल्न सक्नेछन् ।

  
 

salt training

कमेन्ट गर्नुहोस्