×

NMB BANK
NIC ASIA

११ जिल्लाका सबैले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप [विवरणसहित]

बैशाख ६, २०७९

NTC
Premier Steels

सरकारले ११ जिल्लाका १२ वर्षभन्दा माथिको उमेरका सबैलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाखभित्र सबै नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता जनाएको छ । 

Muktinath Bank

मुलुकका केही स्थानीय तहले पनि १२ वर्ष उमेर माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार सोलुखुम्बु, काठमाडौँ, ललितपुर, भक्तपुर, मुस्ताङ, मनाङ, कास्की, गोरखा, नवलपरासी पूर्व, स्याङ्जा र रुपन्देहीमा सबैलाई खोपको पूर्ण मात्रा लगाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“अहिलेसम्म कूल जनसङ्ख्याको ७५.९ प्रतिशतले खोपको पहिलो मात्रा र ६६.४ प्रतिशतले पूर्ण मात्रा लगाइसकेका छन्”, उनले भने । यस्तै १८ वर्षभन्दा माथिका ९४ प्रतिशतले पहिलो मात्रा र ८३.२ प्रतिशतले खोपको पूर्ण मात्रा तथा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामध्ये ९२ प्रतिशतले खोपको पहिलो मात्रा र ७६ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । 


Advertisment
Nabil box
Kumari

यस्तै गण्डकी प्रदेशमा १२ वर्षभन्दा माथिका उमेर समूहका शतप्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । प्रदेश नं १ मा ७९.२, मधेस प्रदेशमा ७३.३, बागमती प्रदेशमा ९२.३, लुम्बिनी प्रदेशमा ८५.४, कर्णालीमा ७०.१ र सुदूरपश्चिम प्रदेशमा ७५.६ प्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको छ । 

Vianet communication

यसैगरी ताप्लेजुङको फुङलिङ नगरपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र खाँदबारी नगरपालिका, सोलुखुम्बको खम्बु पासाङ नगरपालिका, महाकुलुङ गाउँपालिका, सोटाङ गाउँपालिका र लिखुपिके गाउँपालिका सतप्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका र खिजिडेम्बा गाउँपालिका, भोजपुरको साल्पा सिलिछो गाउँपालिका र भोजपुर नगरपालिका, झापाको बुद्धशान्ति गाउँपालिका, कन्काई नगरपालिका, कमल गाउँपालिका, दमक नगरपालिका, गौरीगञ्ज गाउँपालिका र विर्तामोड नगरपालिका, मोरङको सुन्दरहरैचा र पथरी शनिश्चरे नगरपालिका तथा सुनसरीको इनरुवा नगरपालिका पनि सतप्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको छ । 

यस्तै मधेस प्रदेशमा सप्तरीको राजविराज नगरपालिका र हनुमाननगर गाउँपालिका, धनुषाको लक्ष्यमिनिया गाउँपालिका र जनकपुर उपमहानगरपालिका, महोत्तरीको जलेश्वर नगरपालिका, सर्लाहीको हरिवन, बागमती, गोडैता नगरपालिका र कौडेना गाउँपालिका तथा बाराको महागढीमाई नगरपालिकामा पनि सतप्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको दाहालले जानकारी दिए । 

बागमती प्रदेशमा दोलखाको कालीञ्चोक र बिगु गाउँपालिका, रसुवाको पार्वतीकुण्ड गाउँपालिका, नुवाकोटको लिखु गाउँपालिका, काठमाडौँको गोकर्णेश्वर, कागेश्वरी मनहरा, तारकेश्वर, नागार्जुन, काठामाडौँ महानगर, कीर्तिपुर र दक्षिणकाली नगरपालिकामा सतप्रतिशतलाई खोप लगाइएको छ । भक्तपुरको चाँगुनारायण, भक्तपुर र मध्यपुरठिमी नगरपालिका तथा ललितपुरको ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा पनि सतप्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको छ ।

यस्तै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका, रामेछापको मन्थली नगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिका, गण्डकी प्रदेशका गोरखाको धार्चे गाउँपालिका, पालुङटार गाउँपालिका, गोरखा नगरपालिका र गण्डकी गाउँपालिका, मनाङको चामे र नसोङ गाउँपालिका, मुस्ताङको डालोमे, गारपारजोङ, लोमाथाङ र तासाङ गाउँपालिका, म्याग्दीको अन्नपूर्ण र बेनी गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका र माडी गाउँपालिका, लमजुङको डोद्री गाउँपालिका र बेँसीसहर नगरपालिका तथा तनहुँको व्यास र शुक्लागण्डकी नगरपालिकामा पनि खोपको पूर्ण मात्रा  सतप्रतिशतलाई लगाइएको छ । 

यसैगरी नवलपरासी पूर्वको गैँडाकोट, देवचुली र कावासोती नगरपालिका,  स्याङ्जाको पुतलीबजार नगरपालिका, फेदीखोला गाउँपालिका, भिरकोट नगरपालिका र बालिङ नगरपालिका, बागलुङको ताराखोला गाउँपालिका, लुम्बिनी प्रदेशमा गुल्मीको गुल्मी दरबार गाउँपालिका, पाल्पाको रामपुर र तानसेन नगरपालिका, पश्चिम नवलपरासीको बर्दघाट र सुनवल नगरपालिका,  रुपन्देहीको देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका, सैनामैना, तिलोत्तमा र सिद्धार्थ नगरपालिकाका सबैले खोपको पूर्ण मात्रा लगाएका छन् । 

यस्तै कपिलवस्तुको वाणगङ्गा नगरपालिका, दाङको लमही नगरपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, बाजुराको बूढीगङ्गा नगरपालिका र बैतडीको पाटन नगरपालिकामा पनि १२ वर्षभन्दा माथिका सबैले खोपको पूर्ण मात्रा लगाइसकेको खोप शाखा प्रमुख दाहालले जानकारी दिए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x