०५ साउन २०८३, मंगलबार

काठमाडौँको मेयरमा काँग्रेस युवानेता सागर भट्टराईको पनि दाबेदारी

काठमाडौँको मेयरमा काँग्रेस युवानेता सागर भट्टराईको पनि दाबेदारी

काँग्रेस नेता सागर भट्टराइले काठमाडौँ महानगरपालिकाको मेयरका लागि दाबेदारी प्रस्तुत गरेका छन् । उनको नाम काठमाडौं महानगरपालिका क्षेत्र नं १ ले सिफारिस गरेको छ । आफूलाई मेयरको उमेदवारको लागि क्षेत्र नं १ अन्र्तगतका वडा नं १०, ११,२९ र ३१ ले नाम सिफारिस गरेको युवा नेता भट्टराईले बताए । 

भट्टराई विगत २ दशकदेखि काठमाडौँ केन्द्रित रहेर काँग्रेस राजनीतिमा क्रियाशील छन् । पूर्व विद्यार्थी नेता उनी बानेश्वर क्याम्पसको स्ववियु सभापति भइसकेका हुन् । उनले पार्टीले आफूलाई टिकट दिए काठमाडौँ महानगरपालिकालाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउने गरी काम गर्ने बताए । काठमाडौँ एउटा ऐतिहासिक धार्मिकस्थल हुनुका साथै सुन्दर पर्यटकीय नगर समेत भएको उनले बताए । 

तर काठमाडौँ पछिल्लो दशक अति नै प्रदूषित र अव्यवस्थित भएको कारण नगरवासी चिन्तित रहेको उनको तर्क छ । आफूले महानगरको टिकट पाए र चुनाव जिते यस नगरलाई प्रदुषणरहीत, व्यवस्थित र सुन्दर बनाउने योजनाहरु रहेको र ती योजनाहरु साकार पार्ने युवा जोश भएको उनले सुनाए । काठमाडौकाँ सडक, विद्यालय, अस्पताल, मठमन्दिर र खानेपानीको क्षेत्रमा दुत्रतर विकासमा आफू लागिपर्ने उनले सुनाए । काठमाडौँलाई हरियाली बनाएर ताल र पोखरीहरूले सजाउनु पर्ने, ऐतिहासिक ढुङ्गे धाराहरुमा पहिले जस्तै पानी झार्नुपर्ने उनले बताए । उर्जाको प्रयोग बढाएर इन्धनको खपत घटाउनु पर्ने, पार्क तथा सार्वजनिक ठाउँहरुमा फ्री इन्टरनेटको व्यवस्था गर्नुपर्ने, फुटपाथ व्यवस्थापन गर्नुपर्ने, कवाडी व्यवस्थापन गर्नुपर्ने, गुणस्तरीय शिक्षा आम मान्छेमा पुर्याउनु पर्ने जस्ता थुप्रै विषयवस्तुमा आमुल परिवर्तन गर्ने आफ्ना एजेण्डाहरु रहेको भट्टराइले सुनाए । काठमाडौँको क्षेत्र नं १ ले आफूलाई उमेदवारमा सिफारिस गरेको र पार्टीले पनि सर्बतसम्म रुपमा टिकट दिएमा छिट्टै आफूले उम्दा घोषणापत्र सार्वजनिक गर्ने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्