
सरकारले मुलुकमा कोरोना भाइरसको संक्रमण कम देखिएपनि महामारीको जोखिम कायमै रहेको जनाएको छ ।
बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले एक विज्ञप्ति जारी गर्दै महामारीको जोखिम कायमै रहेकाले सतर्क रहन र नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सबैलाई आह्वान गरेको छ ।
मन्त्रालयकी प्रवक्ता सँगिता कौशल मिश्राले विज्ञप्ति जारी गर्दै संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गरेकी छन् । 