२४ असार २०८३, बुधबार

उपेन्द्र यादवका छोराले टिकट पाउने भएपछि उमेश यादवले छाडे जसपा

बैशाख १०, २०७९
उपेन्द्र यादवका छोराले टिकट पाउने भएपछि उमेश यादवले छाडे जसपा

गत स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिका मेयरका प्रत्यासी उमेश यादवले जनता समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । 

शनिवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।  

जसपा एक्लै बलियो भएको ठाउँमा मेयर अरूलाई दिएर गठबन्धन गरेकाले पार्टी परित्याग गरेको उनले बताएका छन् । 

विराटनगर महानगरपालिकामा गठबन्धन हुँदा मेयरमा कांग्रेस र उपमेयरमा जसपालाई दिने सहमति भएको थियो । गठबन्धन गर्ने केन्द्रले निर्णय गरेपछि उनले त्यसको विरोध गरेका थिए । 

‘विराटनगरमा महानगरपालिकामा हामी एक्लै लड्दा पनि जित्ने अवस्थामा थियौँ,’ उनले भने, ‘कांग्रेसबाहेकका अन्य दलसँग गठबन्धन गरेको भए जित्ने पक्का थियो ।’

उनले स्वतन्त्रबाट मेयरमा उठ्नेसमेत बताएका छन् । जसपा महानगर कमिटीले भने उपमेयरमा उनको नाम समेत सिफारिस गरेको थियो । यादवले भने उपमेयरमा नउठ्ने बताएका थिए । 

उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव उपमेयरको उम्मेदवार हुने निश्चित भएपछि उनले पार्टी परित्याग गरेको जसपाका एक नेताले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्