×

NMB BANK
NIC ASIA

चुनावी गीतको लहर : कुन–कुन दलका कस्ता–कस्ता गीत आए ?

बैशाख १३, २०७९

NTC
Premier Steels

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा दल विशेषका गीतहरू सार्वजनिक हुने क्रम बढ्दो छ ।

Muktinath Bank

यतिबेला आ–आफ्नो पार्टी र नेताको गुनगानका एकपछि अर्को चुनावी गीतहरू युट्युवमा सार्वजनिक भैरहेका छन् । त्यसमा नेकपा एमाले र नेपाली कांग्रेसका गीतहरू बढी देखिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्रका पनि थुप्रै गीतहरू सार्वजनिक छन् । अन्य दलका गीतहरू समेत युट्युबमा आएका छन् । यस्ता छन् सार्वजनिक भएका केही चुनावी गीतहरू । 


Advertisment
Nabil box
Kumari

एमालेको ‘मेरो देशै एमाले, म त यसै एमाले’

Vianet communication

एमालेको नयाँ चुनावी गीत ‘मेरो देशै एमाले, म त यसै एमाले’ एक साताअघि सार्वजनिक भएको हो । पाँच वर्षअघिको चुनावमा सार्वजनिक ‘सै पनि एमाले मै पनि एमाले’ गीत गाएका बद्री पंगेनीले यसपटक एक दर्जन कलाकारहरूको सहकार्यमा यो गीत गाएका छन् । 

सुजन लम्सालको शब्द एवं संगीत रहेको गीतमा पंगेनीका अलावा कुलेन्द्र विश्वकर्मा, रामजी खाँणसहित पूर्णकला बिसी, राजु गुरुङ, गंगा पुन, सुनिता बुढा क्षेत्री, भिमु गुरुङ, लक्ष्मी खड्का, माया पर्दे, सुजन लम्साल, डोलराज बाह्रघरे मगर र प्रसाद लामिछानेले स्वर दिएका छन् । गीतको भिडियोमा रीना थापा मगर, निर आले मगर, निर्मल क्षेत्री, अनु पराजुली, पवित्रा काफ्ले, प्रसाद लामिछाने, सुजन लम्साल, डोलराज बाह्रघरे, राजु खड्का लगायत देखिएका छन् ।

करन चैसिरको छायाँकन रहेको भिडियोलाई राजकुमार मगरले निर्देशनसँगै सम्पादन गरेका हुन् । गीतले एक सातामा २ लाख ३२ हजार बढी भ्युज पाएको छ । बैशाख ३० को स्थानीय तह निर्वाचनलाई लक्षित गरि सार्वजनिक गरिएका गीतमा सबैभन्दा बढी भ्युज यहि गीतले पाएको छ ।

कांग्रेसको चुनावी गीत ‘छ्याप्पै रुखमा छाप लाउनी’

नेपाली कांग्रेसको चुनावी गीत ‘छ्याप्पै रुखमा छाप लाउनी’ ११ दिनअघि युट्युबमा सार्वजनिक भएको हो । ‘सालको पातको टपरी हुनी’जस्तो निकै लोकप्रिय गीतका सर्जक नवराज पन्तको शब्द रहेको यस गीतमा लोकदोहोरी गायक विमलराज क्षेत्री र गायिका प्रीति आलेले स्वर दिएकी छिन् । खेम पुनको संगीत रहेको गीतलाई कृष्ण केसीले एरेन्ज गरेका छन् ।

दीपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा चर्चित मोडलहरूको अभिनय रहेको छ । विमल अधिकारी, सारिका केसी, दिपेन्द्र तिमल्सिना, लक्ष्मी प्रजापति, रोजि कार्की लगायतको अभिनय भिडियोमा रहेको छ । करन चैसिरले खिचेको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । 

गीतकार पन्तले आफ्नै युट्युबमा सार्वजनिक गरेको भिडियोले ७५ हजार भ्युज पाएको छ । 

रेनु दाहालको चुनावी गीत

नेकपा (माओवादी केन्द्र)की नेतृ रेनु दाहालले पनि गतसाता आफ्नो चुनावी प्रसार गीत सार्वजनिक गरेकी हुन् । माओवादीबाट पुनः भरतपुरको मेयर उम्मेदवार रेनुले ‘मेयरमा भोट रेनु दाहाललाई’ शीर्षकको गीत सार्वजनिक गरेकी हुन् । 

 सन्तोष देउजाको शब्द, प्रदीप त्रिपाठीको संगीत, सुनिल परियारको एरेन्ज रहेको यस गीतमा लोकगायक विष्णु खत्री र लोकगायिका टीका पुनले स्वर दिएका छन् । गीतमा दाहालको अग्रसरतामा भएका विकास निर्माणका कामको चर्चा गरिएको छ । सन्तोष देउजाकै कन्सेप्ट, रवी अधिकारीको निर्देशनमा तयार भिडियोमा रेनु स्वयंमलाई देख्न सकिन्छ । त्यस्तै विजय पुन, उत्सव अधिकारी, सुनिता तिमिल्सिना, सपना शिवाकोटी लगायतको अभिनय छ । रविन्द्र बरालको छायाँकन रहेको भिडियोलाई विष्णु सेवाले सम्पादन गरेका हुन् । यस भिडियोले १ लाख २२ हजार भ्युज पाएको छ । 

बैकुण्ठको ‘हाम्रो नेपालमा राम्रो एमाले’

‘हाम्रो नेपालमा राम्रो एमाले’बोलको गीत चार महिना अघि सार्वजनिक भएको हो । एकनारायण भण्डारीको शब्द, संगीत रहेको यस गीतमा बैकुण्ठ महत र प्रिया भण्डारीले स्वर दिएका छन् । मैसम हिमालीको निर्देशनमा तयार भिडियोमा विनोद श्रेष्ठ, रीना थापा, निक्श शर्मा, वीना राउत लगायतले अभिनय गरेका छन् । अजय रेग्मीको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको भिडियो गायक बैकुण्ठकै युट्युबमा सार्वजनिक छ । भिडियोले १ लाख ५० हजार भ्युज पाएको छ । 

एमोलको ‘एमाले जिन्दावाद’

नेकपा एमालेको अर्को चुनावी गीत ‘एमाले जिन्दावाद’ तीन साताअघि युट्युबमा सार्वजनिक भएको हो । माधव पण्डितको शब्द, दिनेश श्रेष्ठको संगीत रहेको गीतमा थुप्रै कलाकारहरूले स्वर दिएका छन् । दिनेश श्रेष्ठ, भगवान कार्की, सुमित्रा भट्टराई, बेनिशा पौडेल, अप्सरा बोगटी, सिर्जन पण्डित, जयराम सापकोटा, रुस्मा सापकोटा, जयराम बुढाथोकीले गीतमा स्वर दिएका हुन् । माधव पण्डितको निर्देशन, अशोक पाण्डेको छायाँकन एवं सम्पादन रहेको भिडियोमा मोडल अनु पराजुलीलगायतलाई प्रस्तुत गरिएको छ । भिडियोले ९० हजार बढी भ्युज पाएको छ । 

एमालेको ‘सूर्यमा भोट’

नेकपा एमालेको अर्को चुनावी गीत ‘सूर्यमा भोट’ दुई साताअघि सार्वजनिक भएको हो । हुम गैरेको शब्द, नन्दु परियारको लय रहेको यस गीतमा कृष्ण गैरे र पूर्णकला बिसीले स्वर दिएका छन् । भिडियोले १ लाख १० हजार बढी भ्युज पाएको छ । 

कांग्रेसको ‘अब भोट कांग्रेस नेतालाई’

नेपाली कांग्रेसको अर्को चुनावी गीत ‘अब भोट कांग्रेस नेतालाई’ पनि युट्युबमा सार्वजनिक भएको छ । सुजन बराईलीको शब्द एवं संगीत रहेको यस गीतमा गायिका राधिका हमाल र गायक सुजन बराईलीले स्वर दिएका छन् । प्रकाश बराईली अभिव्यक्तिको निर्देशन, दीपेन्द्र प्रकाश केसीको छायाँकन, लोकेश भट्टको सम्पादन भिडियोमा हेर्न सकिन्छ । भिडियोले ३२ हजार भ्युज पाएको छ । 

एमोलेको ‘सूर्यमै भोट हालौं’

रामप्रसाद अवस्थी र पूर्णकला बिसीको स्वरमा एक साताअघि नेकपा एमालेको चुनावी गीत ‘सूर्यमै भोट हालौं’ सार्वजनिक भएको हो । रामप्रसादकै शब्द एवं संगीत, विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियोमा स्टुडियोमा गाउँदै गरेको दृश्यसँगै एमालेका कार्यक्रमहरूका दृश्य प्रस्तुत गरिएको छ । सुरेश श्रेष्ठ र डिबी रेउलेको छायाँकन रहेको यस भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् । भिडियोले ९० हजार आसपास भ्युज पाएको छ । 

रामजी खाँड र राधिका हमालको स्वरमा ‘लोकतान्त्रिक समाजवाद’ 

नेपाली कांग्रेसको अर्को ‘लोकतान्त्रिक समाजवाद’ शीर्षकको चुनावी गीतपनि केही दिनअघि सार्वजनिक भएको छ । बाबुराम बोहराको शब्द एवं संगीत रहेको यो गीतमा गायक रामजी खाँड र  गायिका राधिका हमालको स्वर छ । यो गीतलाई युट्युबमा २० हजार दर्शकले हेरेका छन् । 

केपी ओलीको शब्दमा ‘सूर्यमा भोट, ड्याम कि ड्याम’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै शब्दमा पनि चुनावी गीत सार्वजनिक भएको छ । ओलीको शब्द एवं संगीत तथा प्रकाश सापकोटा र दीपा सापकोटाको ‘सूर्यमा भोट, ड्याम कि ड्याम’ बोलको गीत युट्युबमा सार्वजनिक छ । दुई साताअघि सार्वजनिक यो गीतले ३६ हजार भ्युज पाएको छ । 

कोमल वलीको स्वरमा ‘सूर्यमा भोट हालौं’

नवराज वलीको शब्द एवं संगीतमा कोमल वलीलगायतको स्वरमा केही दिनअघि  ‘सूर्यमा भोट हालौं’बोलको गीत पनि सार्वजनिक भएको छ । यो गीतको भिडियोले ४५ हजार बढी भ्युज पाएको छ । कोमल वली र भरत क्षेत्रीको स्वरमा सोमबारमात्रै ‘सूर्य छोडिन्न’बोलको गीत सार्वजनिक छ । 

‘आयो आयो माओवादी हेर’

चेतन गोतामे, टीका पुनको स्वरमा माओवादी केन्द्रको चुनावी गीत ‘आयो आयो मायोवादी हेर’ सार्वजनिक भएको छ । राम खत्री र दिलीप कँडेलको शब्द रहेको यो गीतको भिडियोले २२ हजार भ्युज पाएको छ । उजार सिंह तामाङ र सागर परियारको शब्द संकलनमा सागर र निर्मला घिसिङको स्वरमा ‘गोलाकार भित्रको हसिया हथौडामा गरौं है मतदान’बोलको माओवादी केन्द्रको अर्को गीतपनि सार्वजनिक भएको छ । 

कांग्रेसको ‘चार तारे झण्डा’

कृष्ण काफ्ले, रीता केसी र गायत्री थापाको स्वरमा नेपाली कांग्रेसको चुनावी गीत ‘चार तारे झण्डा’ सार्वजनिक भैसकेको छ । गायत्री थापाको शब्द रहेको गीतमा राजकुमार बगरले संगीत भरेका छन् । काजिश श्रेष्ठको निर्देशनमा तयार यसको भिडियोमा विजय पुन, लोमश शर्मा, ऋचा थापा, आरुषि मगर, शशि थापा, जनार्दन आचार्य लगायतले अभिनय गरेका छन् । अजय रेग्मीको छायाँकन, नविन घर्ती मगरको सम्पादनमा दुई साताअघि सार्वजनिक गीतले ३१ हजार भ्युज पाएको छ । 

नवराज दाहालको शब्द संगीत, नवराज र राधिका हमालको स्वरमा ‘चार तारे झण्डा फरर’बोलको गीत पनि युट्युबमा सार्वजनिक छ । 

यस गीतको भिडियोमा चर्चित मोडलहरूले अभिनय गरेका छन् । विमल अधिकारी , करिष्मा ढकाल, ऋचा थापा, प्रेम थापा लगायत यस गीतको भिडियोमा देखिएका छन् । 

जसपाको चुनावी गीत ‘छातामा भोट हालौं साथी हो’

जनता समाजवादी पार्टी (जसपा)को समेत चुवानी गीत सार्वजनिक भएको छ । सोमवारमात्रै ‘छातामा भोट हालौं साथी हो’बोलको गीत सार्वजनिक भएको हो । पिटर कुमार श्रेष्ठको लेखन रहेको गीतमा चक्रञ्जल, प्रतिक्षा लगायतले स्वर दिएका छन् ।

यी बाहेक विभिन्न दलका चुनावी गीतहरू समेत युट्युबमा सार्वजनिक भएका छन् । दीपक लिम्बु र अपेक्षा गिरीको स्वरमा ‘कांग्रेसको थापौं काँध’ सार्वजनिक हुने तयारीमा छन् । विभिन्न दलका केही गीतहरू सार्वजनिक हुने तयारीमा समेत छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x