×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

धनगढीका मतदाता : ‘गठबन्धन भन्छन्, देशै भाग लगाएर खालान् कि भन्ने डर छ’

बैशाख १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

स्थानीय तह चुनाव नजिकिँदै जाँदा हरेक गाउँठाउँका चोकचोकमा चुनावी बहस भइरहेको छ । अहिले पसलमा अधिकांश मानिसहरू चिया गफमा राजनीतिका मीठा गफ गरेर जनतालाई उत्तेजित गरिरहेका छन् ।

Muktinath Bank

देशैभर राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार उम्मेदवारी दर्ता गरेर प्रचारप्रसारको तयारीमा जुट्न थालेका छन् । देशका अधिकांश स्थानीय तहमा सत्ता गठबन्धनका उम्मेदवारले अरु राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलालीको धनगढीका मतदाता भने गठबन्धनप्रति सन्तुष्ट छैनन् । धनगढीका स्थानीय गगनबहादुर ठकुरी राजनीतिक रूपमा भएको गठबन्धनप्रति असन्तुष्ट छन् ।


Advertisment
Nabil box
Kumari

गठबन्धले गर्दा देशमा समस्या आउन थालेको इङ्गित गर्दै उनले भने, ‘गठबन्धनको राजनीतिले अहिले त भागबण्डा लगाएर जित्ने भए । जितेर सत्तामा पुगेपछि देशै भाग लगाएर खालान् कि भन्ने डर पो भयो ।’

Vianet communication
Laxmi Bank

मत नदिऊँ भने पनि राम्रा उम्मेदवारले हार्लान् भन्ने चिन्ता, दिँदा पनि गठबन्धनको मात्रै हालीमुहाली भएर भोलि अर्को समस्या आउला कि भन्ने डर भएको तर्क ठकुरीले दिए ।

ठकुरीका अनुसार चुनावमा गठबन्धन वा एक्लै भए पनि उम्मेदवार राम्रा नै उठाउनुपर्ने रहेछ । ‘राम्रो उम्मेदवार भयो भने पक्कै गलत गर्दैन, जनतालाई हेर्छन् र विकास निर्माण पनि गर्छन् भन्ने आशा हुने बुझाइ ठकुरीको छ । उनले भने, ‘हाम्रो ठाउँको विकास गर्ने, प्रतिबद्ध र निस्वार्थ काम गर्ने व्यक्ति भने आफैं छान्नुपर्नेछ ।’

राम्रा उम्मेदवार छान्ने र विकासमा प्रतिबद्ध भएको व्यक्तिलाई भोट दिनुपर्ने तर्क उनले गरे ।

धनगढीमा प्रमुख राजनीतिक पार्टी एमाले, कांग्रेस, राप्रपा र स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारले प्रमुख पार्टीलाई टक्कर दिने गरेका छन् । धनगढी उपमहानगरपालिमा गठबन्धन हुँदा मेयरको भाग नेपाली कांग्रेसलाई परेको छ ।

कांग्रेसका नृपबहादुर वड, एमालेका रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपी हमालसहितले मेयरमा दाबी गर्दै उम्मेदवारी दर्ता गरेका छन् ।

धनगढीकै स्थानीय सरस्वती ऐरी राजनीतिप्रति खासै चासो राख्दिनन् । कुन पार्टीले के गरेको छ भन्दा पनि राम्रो उम्मेदवार छ भने १ दिन गएर मतदान गर्ने उनले बताइन् । उनी भन्छिन्, ‘आफूले भनेजस्तो काम गर्ने त कसले होला र ? तर पनि गाउँठाउँको विकास गर्ने, राम्रो उम्मेदवार छ भने आफूले मतदान गर्नुपर्छ ।

यसअघिको चुनावमा खासै चासो नराख्ने उनी यसपटक मतदान गर्न उत्साहित छिन् । उनी भन्छिन्, ‘चुनावका बेला उम्मेदवार घरघर आउने, मत माग्ने, मत दिनुस्, राम्रो गर्छु भन्ने गर्छन् । त्यसैले आफूले दिएको मतले राम्रो मान्छेलाई जिताउन पनि मतदान गर्नुपर्छ ।’

चुनाव आउँदा चहलपहल र राजनीतिक माहोल तात्छ तर यो बेला जनता आ–आफू लड्ने मात्रै गरेका धनगढीको चटकपुरका स्थानीय प्रयाससिंह बोहोरा बताउँछन् । उनले भने, ‘राजनीति गर्नेहरूको अगुवाइमा डाँडो खनेर सम्याउन पार्न लागिएको छ । अहिले फेरि चुनाव आएको छ । हामीले जिताएर पठाएकै प्रतिनिधिको अगुवाइमा विकास निर्माण गर्ने तर प्राकृतिक दोहन नहोस्, डाँडाकाँडा मास्ने हैन जोगाउने प्रतिनिधि चाहिएको छ ।’

उनका अनुसार यसपटक चुनावले राजनीतिक दललाई केही सबक सिकाउँला कि भन्ने पनि लागेको छ । उनी हरेक व्यक्तिले दिएको १–१ भोटबाटै राम्रो प्रतिनिधिले जित्ने भएकाले मत दिन जानुपर्ने पनि बताउँछन् ।

धनगढी विमानस्थल नजिकैकी स्थानीय सरस्वती पछाई विकास निर्माणमा नेताले गरेको भाषण र यहाँको अवस्थाप्रति बढी केन्द्रित छिन् । उनी भन्छिन्, ‘नेताहरूले सधैं धनगढीमा विमानस्थल स्तरोन्नति गर्ने कुरा उठाउँछन्, चुनाव आउँदा हरेक पटक कुरा उठ्छ तर चुनाव पछि हराउँछन् । उनले भनिन्, ‘नेताहरूले जितेपछि विकास निर्माणको काम बिर्सनु नै सबैभन्दा विडम्बनाको विषय हो ।’

चटकपुरकै अर्का स्थानीय हरिबहादुर सिंहले पनि चुनावको बेला नेताहरूको वाचा आउने तर जितेर गएपछि बिर्सने गरेको गुनासो गरे । उनले भने, ‘यहाँ जहिले पनि धनगढी विमानस्थल बनाउने भन्छन्, काम गर्दैनन् । जहिले पनि आफूले कमाउने धन्दा बनाएका छन्,’ सिंहले लोकान्तरसँगको कुराकानीमा भने, ‘जो आए पनि आफूले कमाउन आउने हुन्, जनताको लागि काम गर्ने कोही आउँदैनन् ।’

यो पटक स्थानीय स्तरबाटै विकास निर्माणमा प्रतिवद्ध उम्मेदवार जिताउनुपर्ने उनले बताए । ‘यसले अर्कोपटक केन्द्रीय र अर्को बेला विकास निर्माणको माहोल बढ्ने र सबैले त्यस्तै उम्मेदवार खोज्छन्, जसले देश विकासमा सहयोग पुर्‍याउनेछ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x