२१ असार २०८३, आइतबार

स्कोडा नेपालले ल्यायो योजनास 'कम्पलीट पिस अफ माइन्ड विथ युरोपियन अश्योरेन्स'

बैशाख १४, २०७९
स्कोडा नेपालले ल्यायो योजनास 'कम्पलीट पिस अफ माइन्ड विथ युरोपियन अश्योरेन्स'

नेपालको लागि स्कोडाको आधिकारिक आयातकर्ता एमएब्लु  इन्टरप्राइजेज प्रालिले  नयाँ योजना “कम्पलीट पिस अफ माइन्ड विथ युरोपियन अश्योरेन्स” घोषणा गरेको छ। 

यस योजनामा ग्राहकहरूले मात्र  रू १० लाखको डाउन पेमेन्टमा स्कोडा कुशकको स्वामित्व लिन सक्नेछन् र गाडीको २ वर्षको निशुल्क आवधिक सर्भिसिङ पाउनेछन्।

एमएब्लु इन्टरप्राइजेजका कार्यकारी निर्देशक रौनक अग्रवालका अनुसार नयाँ योजना सबै ग्राहकहरूलाई विशेष गरी एसयूभी खण्डहरूमा प्रवेश गर्न चाहनेहरूलाई फाइदा पुग्ने गरी डिजाइन गरिएको हो। 

योजनामा निम्न प्रस्तावहरू छन् : 

- स्कोडा कुशक मात्र रू १० लाख डाउन पेमेन्टमा खरिद सकिन्छ ।

- ग्राहकहरूले २ वर्षको निस्शुल्क आवधिक सर्भिसिङ सेवा प्राप्त गर्नेछन् (ग्राहकहरूले आफ्नो सवारी साधनको वार्षिक सर्भिसिङको क्रममा कुनै शुल्क तिर्नु पर्दैन)।

- स्कोडा कुशकलाई ७ वर्षको लागि ७० प्रतिशत ऋणमा वित्त पोषण गर्न सकिन्छ।

- कुनै ऋण प्रशोधन शुल्क बिना स्कोडा कुशक खरिद गर्नुहोस्।

ग्राहकले आफ्नो पुरानो कार स्कोडा कुशकको लागि ठाउँको ठाउँ मै साट्न सक्नेछन्, जसलाई डाउन पेमेन्ट मानिनेछ।

- ग्राहकले स्कोडा कुशकसँग निशुल्क एक्सेसरीज पनि पाउनेछन् ।

एक्टिभ, एम्बिसन र स्टाइल ​ सहित स्कोडा कुशक नेपालमा तीन फरक भेरियन्टमा उपलब्ध छ ।

salt training

कमेन्ट गर्नुहोस्