२८ असार २०८३, आइतबार

दुगड ग्रुपले जोन डीयर ट्रयाक्टर नेपालमा भित्र्याएको २० वर्ष पूरा

बैशाख १५, २०७९
दुगड ग्रुपले जोन डीयर ट्रयाक्टर नेपालमा भित्र्याएको २० वर्ष पूरा

 नेपालको प्रतिष्ठित व्यापारिक घराना एमभि दुगड् ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रा.लि.को शक्तिशाली ट्रयाक्टर जोन डीयर नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ ।  

चन्द्रागिरि हिल्स काठमाण्डौमा भब्य कार्यक्रमका बीच ग्रुपले सहयात्राको २० औं वर्ष मनाएको छ । 

उक्त समारोहमा एम.भि.दुगड ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रा.लि.का १५० जनाभन्दा बढी कर्मचारीहरु तथा जोन डीयर इण्डीया प्रा.लि.का सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर (इष्ट जो(न) अनुज पौल, नेपालका लागि बिजनेस म्यानेजर कस्तव गयनआदिको उपस्थिति रहेको थियो । 

२ दिनसम्म चलेको उक्त कार्यक्रममा ग्रुपका अध्यक्ष मोतीलाल दुगडले जोन डीयरसँगको २० वर्षको लामो सहयात्रा एकदमै ऐतिहासिक भएको बताए । 

उनले शुरुवाती दिनबाटै सबैको साथ सहयोगले नेपालमै सर्वाधिक रुचाइएको ट्रयाक्टर ब्राण्ड बनाउन सफल भएको बताए ।

उपाध्यक्ष विवेक दुगडले यो ट्रयाक्टर अत्याधुनिक प्रविधि सहितको विभिन्न विशेषता भएको हुनाले र देशै भर पैmलिएको बिक्री तथा सेवा केन्द्रहरु तथा अत्यन्तै जुझारु कर्मचारीहरुको साथले उपभोक्ताले निकै रुचाएको ट्रयाक्टर बन्न सफल भएको बताए । 

जोन डीयर इण्डीया प्रा.लि.का सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाहले नेपालकै प्रतिष्ठित र अटोमोबाइल्स क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल व्यापारिक घराना एम.भि.दुगड् ग्रुपसँगको २० औं वर्ष सम्मको अनवरत सहयात्रा एकदमै प्रभावकारी अनि रोमाञ्चक भएको  बताए ।

कार्यक्रममा ग्रुपमा लामो समय देखि सेवारत कर्मचारीहरुलाई सम्मान गर्नुका साथै उत्कृष्ठ कर्मचारीहरुलाई पनि अवार्ड वितरण गरि हौसला प्रदान गरिएको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्