×

NMB BANK
NIC ASIA

खानेतेलको कच्चा पदार्थ आपूर्तिमै समस्या

बैशाख १९, २०७९

NTC
Premier Steels

रूस–युक्रेन तनावले कच्चा पदार्थ आपूर्तिमा समस्या झेलिरहेका स्वदेशी तेल उद्योगीमाथि अर्को समस्या थपिएको छ । अर्धप्रशोधित पाम आयल उत्पादक इन्डोनेशियाले त्यसको निकासी रोकेपछि उद्योगीहरू अन्योलमा परेका छन् ।

Muktinath Bank

कोरोना महामारीका कारण उत्पादन घटेपछि विश्व बजारमा खानेतेलको मूल्य निरन्तर बढिरहेको छ । कोरोनाको असर मत्थर नहुँदै खानेतेल उत्पादक प्रमुख देश रूस र युक्रेनबीच तनाव चुलियो । जसले खानेतेलको कच्चा पदार्थ आपूर्ति शृंखला अवरुद्ध भयो । यसैबीच, इन्डोनेशियाले अर्धप्रशोधित पाम आयल निकासी रोकेपछि समस्या झन् चर्किएको वीरगञ्जस्थित नारायणी आयलका सञ्चालक निखिल चाचानले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आन्तरिक बजारमा तेलको मूल्य नियन्त्रण गर्न इन्डोनेशियाले २८ अप्रिलदेखि पाम आयल निकासीमा रोक लगाएको छ । इन्डोनेशियाले मे ७ मा आफ्नो निर्णय पुनरवलोकन गर्ने भनेकाले आयातकर्ता पर्ख र हेरको अवस्थामा रहेको चाचान बताउँछन् ।


Advertisment
Nabil box
Kumari

स्वदेशी उद्योगले इन्डोनेशियाबाट अर्धप्रशोधित पाम आयल ल्याएर प्रशोधन गर्छन् । नेपालमा उत्पादित तेलको ठूलो अंश भारत निकासी हुन्छ । पछिल्लो समय नेपालको निकासी व्यापारमा खानेतेलकै सबैभन्दा ठूलो योगदान छ । नेपालका करीब २ दर्जन उद्योगले तेल उत्पादन गर्छन् । कच्चा पदार्थको व्यवस्थापन नै चुनौतीपूर्ण भएको अन्नपूर्ण भेजिटेबलका सञ्चालक प्रभुदयाल अग्रवालले बताए । इन्डोनेशियाले १ महीनाअघि नै निर्यातमा नियन्त्रण गरेको अग्रवालको दाबी छ । ‘निर्यात प्रतिबन्धको घोषणा गत हप्ता भए पनि अप्रिलको शुरूदेखि नै कन्साइन्मेन्ट डेलिभरीमा झमेला भइरहेको थियो,’ उद्यमी अग्रवालले आर्थिक अभियानसित भने । दुई महीनाभन्दा लामो समयदेखि चलिरहेको रूसको सैन्य कारबाहीले नेपाल आउने खानेतेलको कच्चा पदार्थ आपूर्ति अवरुद्ध भएको छ । नेपालका तेल उत्पादकले ८० प्रतिशतभन्दा बढी सूर्यमुखी र भटमासको तेल युक्रेनबाटै ल्याउँथे । रूससमेत सूर्यमुखी र तोरीको प्रमुख आपूर्तिकर्ता हो ।

Vianet communication

सूर्यमुखी र तोरी आयात अनिश्चित भएपछि भटमासको तेलमा चाप बढेको आयातकर्ता बताउँछन् । कच्चा पदार्थ आपूर्तिमा समस्या आएकाले मूल्य आकाशिएको छ । खानेतेलको मूल्य बढेको ओसीबी फुडका सञ्चालक सुरेश रुंगटाले बताए । २ महीनाअघि प्रतिलिटर २५० सम्म रहेको खानेतेलको मूल्य अहिले ३०० रुपैयाँ पुगिसकेको रुंगटाले जानकारी दिए ।

भटमास तेलको उत्पादन लागत बढेको उद्योगी बताउँछन् । ‘युक्रेनमाथि रूसको सैन्य कारबाही शुरू हुनुअघि प्रतिमेट्रिक टन १९०० अमेरिकी डलर रहेको भटमासको अर्द्धप्रशोधित तेलको भाउ अहिले २१०० डलर पुगेको छ,’ चाचानले भने । आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x