
सत्ता साझेदार पाँच दलले स्थानीय तहमा गठबन्धनका साझा उम्मेदवार जिताउन आवश्यक रणनीति निर्माण गर्न थालेका छन् ।
छ महानगरपालिका र ११ उपमहानगर पालिकामा चुनावी मैदानमा होमिएका सबै साझा उम्मेदवार विजय हुने गरी पाँच दल रणनीतिक तयारीमा जुटेका छन् ।
सरकारको ने तृत्व गरिरहेको नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी के न्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले केन्द्रमा भएको सैद्धान्तिक सहमतिअनुसार स्थानीय तहहरूमा गठबन्धनका साझा उम्मेदवार जिताउने गरी रणनीति बनाउने काम शुरू भएको नेताहरूले बताएका छन् ।
पाँच दलीय संयन्त्र 'निर्वाचन तयारी तथा अनुगमन समिति’ का संयोजक तथा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रमा भएको सहमतिअनुसार सबै पालिकामा चुनावी तालमेललाई प्रभावकारी बनाउने बताए । गोरखापत्र दैनिकमा खबर छ ।