१७ असार २०८३, बुधबार

संसदमै पोर्न हेरेपछि चैट भयो सांसद पद

बैशाख १९, २०७९
संसदमै पोर्न हेरेपछि चैट भयो सांसद पद

संसद भवनभित्र पोर्न चलचित्र हेर्ने ब्रिटिश सांसदले पदबाट राजीनामा दिएका छन् । 

संसदमा २ पटक पोर्न भिडियो हेरेको अर्की महिला सांसदले संसदमै बताएपछि यस घटनाबारे चर्चा भएको थियो । 

ब्रिटिश सांसद नील पेरिसले आफूले शुरूमा नजानेर र पछि जानीबुझी नै पोर्न फिल्म हेरेको बताएका छन् । 

उनले राजीनामा दिँदै गर्दा यी दुई कुरा बताएका हुन् ।

शुरूमा एक वेवसाइट क्लिक गर्दा अचानक पोर्नतर्फ क्लिक भएको बताएका छन् । त्यसपछि दोस्रोपटक भने आफूले जानीबुझी नै पोर्न फिल्म हेरेको उनको भनाइ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

ती सांसदले यसरी पोर्न फिल्म हेर्नु राम्रो नभएको समेत उल्लेख गरेका छन् । उनले आफूले पोर्न हेरेकोमा अहिले पश्चाताप लागेको समेत बताएका छन् । 

ती सांसद बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनको कन्जरभेटिभ पार्टीको समदस्य हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्