०८ असार २०८३, सोमबार

यी महिलाले शारीरिक अभ्यासबिनै घटाइन् ५० किलो तौल !

बैशाख १९, २०७९
यी महिलाले शारीरिक अभ्यासबिनै घटाइन् ५० किलो तौल !
सांकेतिक तस्वीर

पछिल्लो समय आम मानिसको समस्या मोटोपनको देखिन्छ । 

मोटोपनका कारण तनावमा हुन्छन् प्रायः मानिस । कसरी फिट रहने भन्ने सोचमै हुन्छन् धेरै जसो । 

मानिसले भने मोटोपन घटाउनका लागि अनौठा अनौठा उपायहरू लगाइरहेका हुन्छन् । 

पछिल्लो समय सामाजिक सञ्जालमा एक घटना निकै भाइरल भइरहेको छ । 

कनाडाको ओन्टारियोमा बस्ने एक महिलाले आफ्नो तौल निकै अचम्म तरिकाले घटाएकी छन् । 

ती महिलाको नाम एलिस हो । उनले मक्खन, घिउ लगायत आफूलाई मन लाग्ने हरेक चिज खाइन् तर पनि उनको वजन ५० किलो घट्यो । 

तौल घटाउने यात्रामा उनले एक पटक पनि शारीरिक एक्सरसाइज नगरेको बताएकी छन् । 

उनले इन्टरनेटमा आफ्नो तौल घटाएको अनुभव शेयर गरेकी छन् । 

सन् २०२० मा उनले किटो फलो गरिन् । उनले शुरूवाती दिनमा निकै मुस्किलले तौल घटाएको उल्लेख गरेकी छन् । 

उनले ‘बडी किटोसिस’ तरिका अपनाइन् । त्यसपछि उनले घरमा सारा काम आफैं गरिन् भने मनलाग्दी खाइन पनि । तर पनि उनको तौल कम भयो । उनले २ वर्षको अवधिमा ५० केजी तौल घटाएकी हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्