×

NMB BANK
NIC ASIA

राजस्व छल्नेमाथि उच्च निगरानी

बैशाख २०, २०७९

NTC
Premier Steels

सरकारले राजस्व छल्नेविरुद्ध उच्च निगरानी बढाएको छ । पछिल्लो समय अनुसन्धान तथा उच्च निगरानी बढाएको विभागले हरेक साता करोडौं रुपैयाँ राजस्व छलीको घटना बाहिर ल्याएर विभिन्न अदालतमा मुद्दा दायर गरिरहेको छ ।

Muktinath Bank

यसअघि गत ४ वैशाखमा मात्र भन्सार छलेर राजस्व चुहावट गर्ने विभिन्न फर्मका सञ्चालकहरु विरुद्ध ४२ करोड ४ लाख ७६ हजार ७ सय ४६ रुपैयाँको मुद्दा दायर गरेको विभागले सोमबार पुनःनक्कली भ्याट बिल बनाएर राजस्व छल्ने दुईवटा फर्मका सञ्चालकविरुद्ध १९ करोड ३४ लाख ६५ हजार १ सय २० रुपैयाँ असुल गरी कैद सजायको मागदाबीसहित मुद्दा दायर गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भक्तपुर सूर्यविनायक–१० देउजागाउँ स्थायी बसोबास भएका एभरेस्ट यति इन्टरनेसनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । उनीहरूले गलत तरिकाले मूल्य अभिवृद्धि कर (भ्याट) विजक खरिद गरी राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

अनुसन्धानको क्रममा उनीहरूले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्कली तथा झुठा मूल्य अभिवृद्धिकर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार पारी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धिकर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको पाइएको विभागले जनाएको छ ।

Vianet communication

यी दुवै जना सेयरधनी भएको एभरेस्ट यति इन्टरनेसनलले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा भ्याट बिल खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार गरी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको गरेको विभागको आरोप छ ।

विभागका अनुसार राजस्व छलीमा संलग्न दीपकुमार देउजा र अचला थापा देउजाले मूल्य अभिवृद्धि करतर्फ ३ करोड ४० लाख १८ हजार रुपैयाँ र आयकरतर्फ ६ करोड २७ लाख १४ हजार ५ सय ६० रुपैयाँ गरी कुल ९ करोड ६७ लाख ३२ हजार ५ सय ६० रुपैयाँ राजस्व छलेका थिए । यसरी छली भएको राजस्व रकममा शतप्रतिशत जरिमाना र कैद सजाय मागदाबीसहित उनीहरूविरुद्ध कुल १९ करोड ३४ लाख ६५ हजार १ सय २० रुपैयाँको मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक प्रकाश पौडेलले राजस्व छल्नेहरूविरुद्धको निगरानी तथा अनुसन्धानको क्रमलाई तीव्र बनाएसँगै अहिले राजस्व छलीमा संलग्नहरू धमाधम विभागको फन्दामा पर्न थालेको बताए । उनले विभागले यस्तो कार्यमा संलग्नलाई विभिन्न माध्यमबाट उच्च निगरानीमा राखिरहेको जानकारी गराए ।

उनले यस्तो बदमासी गर्नेहरूलाई सरकारले राजस्व छली ऐनअनुसार कडा कानुनी कारबाही गर्ने दाबी गरे । विभागले हाल यस्तो अनुसन्धानको कामलाई थप तीव्र बताएको बताएको छ । राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x