×

NMB BANK
NIC ASIA

तात्दै छ काठमाडौँको चुनावी माहोल

बैशाख २०, २०७९

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहोल तात्दै गएको छ । यही ३० गतेलाई निर्धारित निर्वाचनका लागि काठमाडौँ उपत्यकालगायत देशभरको राजनीतिक माहोल तातेको हो । 

Muktinath Bank

काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवारद्वय सिर्जना सिंह र केशव स्थापितलाई मतदातासँग भेट्न भ्याइनभ्याइ छ । घरदैलोसम्म पुगेर जय नेपाल, नमस्कार र अभिवादन गर्दैमा उहाँहरूको समय बित्ने गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार सिंह केही दिनअघिबाटै घरदैलो सुरु गरेसँगै आफ्नो व्यस्तता बढेको बताउँछिन् । काठमाडौँ महानगरको मेयरमा एक पटक महिलालाई अवसर दिनुपर्ने दाबी उनको छ ।  “म जहाँ पुगेँ त्यहाँ चुनावी माहोल राम्रो देखेँ, यसले मलाई जित्न सहयोग पुग्ने विश्वास छ,” उम्मेदवार सिंहले भनिन्, “बिहान ६ बजेदेखि सुरु हुने चुनावी प्रचारप्रसार अभियान राति ८/९ बजेसम्म रहन्छ ।”  


Advertisment
Nabil box
Kumari

‘सिर्जनाका सात स’ सङ्कल्पपत्र प्रस्तुत गर्दै उनले चुनावी एजेन्डा र योजना काठमाडौँ महानगरपालिका र महानगरवासीको हित र सेवामा समर्पित भएकाले मतदातालाई अमूल्य मतदान गरी जिताउन आग्रह गरिन् ।  

Vianet communication
Laxmi Bank

चुनावी प्रचारप्रसार अभियानअन्तर्गत काठमाडौँ महानगरपालिका १६, १९, २०, २४ लगायतका वडामा काँग्रेसका उम्मेदवारहरूले घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको प्रचारप्रसार समितिका सदस्य एवं अधिवक्ता डा. रामशरण थपलियाले बताए ।  

त्यस्तै नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार केशव स्थापितले शुक्रबारदेखि सुरु गरेको घरदैलो चुनावी प्रचारप्रसार अभियान १, २, ४, ५ र ६ वडामा सम्पन्न भएको छ ।

यसअघि महानगरवासीको सेवा गरिसकेको अनुभवी भएकाले आफूले जित्ने निश्चित रहेको उनले बताए । “काठमाडौँका मतदाताले केशव स्थापितलाई खोजिरहेका छन्,” उनले थपे , “तपाईं गएर सोध्नुहोस् न मतदातालाई, के भन्छन् ? काठमाडौँको सम्पदा, संस्कृति, समाज, संस्कार बुझेको र सेवा गरेको मान्छे म नै हुँ ।” नेकपा (एमाले)बाट उपप्रमुखकी उम्मेदवार सुनिता डङ्गोल अबको नेतृत्व युवाले लिनुपर्ने बताउँछिन् । “हाम्रो चुनावी एजेन्डा नै युवा केन्द्रित छ । विभिन्न बहानामा विदेशमा होइन, अब स्वदेशमै केही गर्ने हो,” उनले भनिन्। 

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट काठमाडौँ महानगरपालिकाका उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले ‘गठबन्धन’ नेतृत्वका उम्मेदवारहरू विजयी हुने निश्चित रहेको बताए । नेकपा (एमाले)लाई पटक–पटक महानगरमा जिताउँदा काठमाडौँका मतदाता थाकिसकेको भनाइ उनको छ । 

विवेकशील साझा पार्टीबाट प्रमुखका उम्मेदवार समीक्षा बाँस्कोटा र उपप्रमुखका उम्मेदवार कीर्ति तुलाधर तथा स्वतन्त्र उम्मेदवार बालेन शाहले पार्टीभन्दा पनि काम गर्न सक्ने सामथ्र्य र क्षमता भएकालाई मतदान गर्नुपर्नेमा जोड दिँदै आएका छन्  ।  काठमाडौँको सरसफाइ, शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन, राजस्व सङ्कलन, युवामैत्री सेवा, पाका नागरिकको सामाजिक सुरक्षालगायत दर्जन एजेन्डा बोकेर चुनावी मैदानमा उत्रेका स्वतन्त्र उम्मेदवार बालेन शाह तथा साना दलका उम्मेदवारहरू पनि घरदैलोमा सक्रिय छन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार काठमाडौँ महानगरपालिकाको मेयरमा ५६ र उपमेयरमा ३१ जनाले उम्मेदवारी दिएका छन् । गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x