तपाईं हप्तामा कति दिन नुहाउनुहुन्छ ?
तपाईंलाई कति दिन कपाल नुहाउने बेला हुन्छ जस्तो लाग्छ ?
मानिसको व्यस्त जीवनशैलीसँगै सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ । जसका लागि के कति मात्रामा कस्तो तरिकाले सरसफाई आवश्यक हुन्छ भन्ने बारे पनि जानकारी हुनु आवश्यक हुन्छ ।
खासमा हप्तामा कति दिन नुहाउने ? यस प्रश्नको जवाफ कसैले पनि दिएको पाइँदैन ।
यद्यपी यहाँ हामीले केही यस्ता चरणको चर्चा गरेका छौँ, जसले हप्तामा कति दिन नुहाउनु उचित हुन्छ भन्ने बारे स्पष्ट पार्न मद्दत गर्छ ।
यी अवस्थामा जरुर नुहाउनुहोस्
१. नुहाएको केही दिनमै कपालमा तेल लगाएको जस्तै हुन्छ भने नुहाउनुहोस् ।
२. कपाल चिल्लो देखिएमा वा चिप्लो चिप्लो देखिएमा पनि नुहाउनुहोस् ।
३. दिनहुँ नुहाउनु समय छैन वा चाहना छैन भने ड्राइ स्याम्पुको प्रयोग गर्नुहोस् । यसले कपाललाई सुख्खा र सफा राख्न मद्दत गर्छ ।
४. कपालमा चाया देखिन थालेको छ भने वा टाउको चिलाउन थालेको छ भने नुहाउनुहोस् ।
५. धेरै लामो समयसम्म ननुहाउने हो भने कपालमा लट्टा पर्छ । तपाईंको पनि कपाल लट्टा परेको छ भने नुहाउनुहोस् ।
६. नुहाएको केही समयसम्म कपालमा स्याम्पु वा कन्डिशनरको बासना आउँदछ । केही दिनदेखि त्यो बास्ना हराउँछ । कपालमा स्याम्पुको बास्ना छैन भने बुझ्नुहोस् की अब नुहाउनुपर्छ ।