०१ साउन २०८३, शुक्रबार

मोटोपन घटाउन भूल्नै हुँदैन यी ६ काम

बैशाख २३, २०७९
मोटोपन घटाउन भूल्नै हुँदैन यी ६ काम

पछिल्लो समय मोटोपनको शिकार जो कोही पनि हुने गरेका छन् । मोटोपन तथा तौल घटाउन त्यति सहज भएको देखिँदैन । कतिपय मानिस तौल घटिसकेपछि फेरि गल्ती गर्छन् र मोटाउँछन् । 

यहाँ मानिसका ६ बानीबारे चर्चा गरिएको छ, जसले तौललाई सधैँ कम गरिराख्छ ।

१. नियमित शारीरिक अभ्यास गर्नुहोस् । धेरै तौल घटाइएको छ भने पनि सामान्य हिसाबले दैनिक शारीरिक अभ्यास गरिरहनुहोस् ।

२. हप्ताभमा कम्तिमा पनि ४ दिन वर्कआउट अनिवार्य गर्नुहोस् । जसले शरीर र दिमाग दुवै तन्दुरुस्त रहन्छ ।

३. आफ्नो खानपानमा लापरबाही गर्दा पनि तौल तीव्र गतिमा बढ्छ । त्यसकारण खानपानमा सावधान रहने बानी बसाल्नुहोस् । 

४. दैनिक डाइटमा ८० प्रतिशत स्वस्थ र २० प्रतिशत बाहिरको खाना बनाइएमा पनि तौल नियन्त्रणमा रहन्छ । सकिन्छ भने सय प्रतिशत नै स्वस्थ खाना खानुहोस् । 

५. धेरैभन्दा धेरै पानी पिउनुहोस् । जसले शरीरलाई स्वस्थ बनाइराख्छ । पानी कम भएमा शरीरमा सुख्खापन हुन्छ र समस्या सिर्जना हुन थाल्दछ । 

६. सही समयमा निदाउनुहोस् । निन्द्रा पूरा भएन वा निन्द्रा बिग्रियो भने पनि तौल बढ्न सक्छ । 

यी कुरामा ध्यान दिनुस् 

वजन कम भएपछि पनि फिटनेस रुटिनलाई ध्यान दिनुस् 

जंकफूडबाट टाढै रहनुस् । 

सुगरको मात्रामा ध्यान दिनुस् 

ब्रेकफास्ट स्किप नगर्नुस् 

शारीरिक अभ्यास निरन्तर गरिरहनुस् 

निन्द्रा पूरा गर्ने बानी बसाल्नुस् 
 

salt training

कमेन्ट गर्नुहोस्