३२ असार २०८३, बिहीबार

कांग्रेसी उम्मेदवारको घरछेउमै एमालेले ठूलो आवाजमा डिजे बजाएपछि...

बैशाख २३, २०७९
कांग्रेसी उम्मेदवारको घरछेउमै एमालेले ठूलो आवाजमा डिजे बजाएपछि...

सुनसरीको दुहबी नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । 

निर्वाचनको प्रचारप्रसारका क्रममा उम्मेदवारको घर छेउमा ठूलो आवाजमा डिजे बजाएको विषयमा विवाद हुँदा झडप भएको हो ।

दुहबी नगरपालिका–९ को छाताबेली चोकमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कांग्रेसका वडाध्यक्ष उम्मेदवार मेहदी हुसेनको घर आसपास एमाले उम्मेदवार ताबिज हुसेनको टोलीले ठूलो आवाजमा डिजे बजाएको भन्दै विवाद शुरू भएको थियो ।

विवादपछि आक्रोशित कांग्रेस कार्यकर्ताको भीडले साउण्ड सिस्टम राखिएको गाडीमा तोडफोड गरेका थिए । त्यसपछि झडप भएको हो । 

झडपपछि घटनास्थलमा भेला भएको भीडलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अवस्था सामान्य बनाउन दुवै पक्षलाई छलफलमा बोलाएको स्थानीय प्रशासनले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्