×

NMB BANK
NIC ASIA

परीक्षणमा विद्युतीय बस

बैशाख २५, २०७९

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

साझा यातायातले तीनवटा विद्युतीय बस काठमाडौँ ल्याएको छ । पहिलो चरणमा ल्याइएका ती बसको परीक्षण सफल भएपछि थप ३७ वटा बस ल्याइने साझा यातायातले जनाएको छ ।  

Muktinath Bank

परीक्षणपछि यी बस काठमाडौँमा सञ्चालन गरिने साझा यातायातले जनाएको छ । बसको दर्ता, रुट परमिट, बीमा, चालकलाई तालिमलगायतका प्राविधिक काम सम्पन्न भएपछि परीक्षण गरिने साझाका सञ्चालक समिति सदस्य भूषण तुलाधरले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उहाँका अनुसार परीक्षण सफल भएको चार महिनामा बाँकी ३७ वटा विद्युतीय बस आउने छन् । साझाले चीनको सीएचटीसीएचओ कम्पनीसँग एउटा बसलाई डेढ करोड रुपैयाँका दरले खरिद गरेको हो । ४० वटा बसको मूल्य करिब ६१ करोड रुपैयाँ पर्छ । 


Advertisment
Nabil box
Kumari

परीक्षणका लागि पहिलो चरणमा नौ मिटर लम्बाइका बस ल्याइएको छ । अब १२ मिटर लम्बाइका लामो दूरीमा सञ्चालन गर्ने बसहरू ल्याइने छ । अहिले २५ सिट र सोभन्दा बढी क्षमताका बस ल्याइएको छ । सरकारले २०७५ पुसमा तीन सय विद्युतीय बस सरकारले खरिद गर्ने निर्णय गरेको थियो ।

Vianet communication

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत साझालाई बस खरिदका लागि तीन अर्ब रुपैयाँ दिइएको छ तर साझाले सम्झौताअनुसार काम नगरेको भन्दै २०७६ असोजमा उक्त रकम फिर्ता लिइएको थियो । २०७७ माघमा मन्त्रालयले फेरि साझालाई नै बस खरिद गर्न तीन अर्ब रुपैयाँ दिएको थियो । सोही सम्झौताअनुसार साझाले पहिलो चरणमा तीनवटा विद्युतीय बस ल्याएको हो ।  गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x