०५ साउन २०८३, मंगलबार

राम्रो काम गरेँ भनेर जनताको घरदैलोमा आउने हिम्मतसमेत एमालेसँग छैन- गगन थापा

बैशाख २५, २०७९
राम्रो काम गरेँ भनेर जनताको घरदैलोमा आउने हिम्मतसमेत एमालेसँग छैन- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राम्रो काम गरेँ भनेर जनताको घरदैलोमा आउने हिम्मतसमेत एमालेसँग नभएको बताएका छन् । 

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–२६ ले आज आयोजना गरेको घरदैलो एवं चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

'पाँच वर्षमा काठमाडौं महानगरमा यो राम्रो काम गरेँ भनेर जनताको घरदैलोमा आउने हिम्मतसमेत नेकपा (एमाले)सँग छैन,' उनले भने । 

उनले एक पटक कांग्रेसलाई अवसर दिनसमेत आम काठमाडौंका मतदातासँग आग्रह गरे । 

यस्तै उनले नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको भन्दै कांग्रेसलाई मत दिए जनताको मतको सम्मान गर्ने बताए । 

गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले कांग्रेसले काठमाडौं महानगरको टिकट महिलालाई दिएर आम महिलाको सम्मान गरेको बताइन् । 'म गफ गर्नका लागि उम्मेदवार भएको होइन, काम गर्नका लागि उम्मेदवार भएको हो, समृद्ध काठमाडौं महानगर निर्माणका लागि मलाई जिताउनुहोस्, तपाइँको मतको अपमान हुन दिन्न,' उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्