
राजनीति
एउटा यस्तो शस्त्र जसको प्रहारमा
कोही कोहीलाई सुखै सुख छ
कोही कोहीलाई दुखैदु:ख छ
सधै दिनभर हाँस्ने बोल्ने साथी आज साथी छैनन्
अर्को पार्टीका कार्यकर्ता पो त
फेरि केहीलाई जसरी नी चुनाव जित्नु छ
ठूलै पार्टी भनाउँदाको टाउके पो त ।
आफ्नो पार्टीको त बिरालो नी बाघ रे
आफ्नो पार्टीको त चोर नी सज्जन रे
आफ्नो पार्टीको त सबै राम्रै मात्र काम रे
अर्काको नी अर्काको
अर्का पार्टीको बाघ नी बिरालो रे, सज्जन नी चोर रे
अर्काले गरेको त राम्रै काम नी चाल रे
अर्काको पो त।
भिजन, मिसन ,रणनीति केही मिल्नु छैन तर जसरी नी गठबन्धन गर्नु छ
एउटाबाट अर्को अर्कोबाट अर्को पार्टी फेर्नु छ,
आखिर जसरी नी त्यो पद लिई छाड्नु छ
आखिर जसरी नी आफू जिती छोड्नु छ
आखिर जसरी नी आफू बनी छोड्नु छ
आज दाजु भाइ लडाएर
आज छिमेकी भँडाएर
दिनभर जनतालाई प्रलोभन देखाएर
अनी त्यसमै भए नभएका आश्वासन पनि मिसाएर
फेरि पनि जनतालाई बेवकुफ बनाई छोड्नु छ
फेरि पनि चुनाव जिती छोड्नु छ
ठूलै पार्टी भनाउँदाको टाउके पो त !!
-बबिता पन्थ