माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
फलफूलको राजा मानिने आँपको सिजन शुरू भएको छ । सिजन शुरू भएसँगै बजारमा यसको मूल्य पनि महँगिएको पाइएको छ ।
अघिल्लो वर्ष यो समयमा भन्दा यसपालि ६८ प्रतिशतसम्म मूल्य बढेको पाइएको हो । अहिले नेपाली आँप बजारमा आइसकेको छैन । भारतीय आँपका लागि उतै महँगो तिर्नु परेकाले बजार मूल्य बढेको व्यवसायीको भनाइ छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य–सूचीमा उल्लेख भएअनुसार अघिल्लो वर्ष वैशाख २६ गते प्रतिकिलो १ सय २५ रुपैयाँ रहेको कलकत्ते आँपको थोकमूल्य यस वर्ष वैशाख २६ गते २ सय १० रुपैयाँ थियो । यो अघिल्लो वर्षको तुलनामा ६८ प्रतिशत बढी हो ।
खुद्रा बजारमा यो आँपको मूल्य प्रतिकिलो २ सय ५० देखि ३ सय रुपैयाँसम्म पर्ने गर्छ ।
दशहरी आँपको मूल्य पोहोरको तुलनामा ६२ प्रतिशतले बढेको छ । पोहोर प्रतिकिलो १ सय ४५ रुपैयाँ रहेकामा यसपालि २ सय ३५ रुपैयाँ पुगेको छ । खुद्रा बजारमा यसको मूल्य प्रतिकिलो ३ सय ५० रुपैयाँसम्म पुग्छ । मालदह आँपको मूल्य ३३ प्रतिशतले बढेको पाइएको छ । यसको थोक मूल्य ७५ रुपैयाँ किलोबाट बढेर सय रुपैयाँसम्म पुगेको छ । खुद्रा बजारमा उपभोक्ताले यसका लागि प्रतिकिलो १ सय ५० रुपैयाँसम्म तिर्नुपर्छ ।
अहिले नेपाली आँप बजारमा आउने बेला भइसकेको छैन । त्यसैले भारतीय आँपको बजार शुरू भएको छ । यो वर्ष भारतीय आँपको मूल्य उतैबाट बढेर आएकाले त्यसको असर नेपाली बजारमा परेको समितिका अध्यक्ष गीताप्रसाद आचार्य बताउँछन् । उनका अनुसार जेठ दोस्रो सातादेखि नेपाली आँप बजारमा आउँछ त्यसपछि मूल्यमा केही कमी आउन सक्छ । चर्को मूल्यका कारण आँपको माग र आयात दुवै घटेको व्यवसायी बताउँछन् । कुलेश्वर फलफूल बजारका अध्यक्ष अमर बानियाँका अनुसार गतवर्ष यो समयमा भारतबाट हरेक दिन १० देखि १२ गाडीसम्म आँप आयात हुन्थ्यो । यो वर्ष दैनिक ६/७ गाडीमात्रै आयात भइरहेको छ । आफूहरूले भारतबाट ल्याउँदा नै सयदेखि १ सय ५० रूपैयाँ भारूसम्म पर्ने गरेको व्यवसायी बताउँछन् ।
यस वर्ष नेपाली आँपको उत्पादन बढ्ने अनुमान गरिएको छ । आँप उत्पादन १ वर्ष घट्ने र अर्को वर्ष बढ्ने गर्छ । यस वर्ष उत्पादन बढ्ने समय हो । त्यसैले गतवर्षको तुलनामा यस वर्ष तराईका जिल्लामा आँप उत्पादन करीब दोब्बर हुने अनुमान गरिएको सिराहा तथा सप्तरी आँप जोनका कर्मचारी बताउँछन् । आर्थिक अभियान दैनिकमा खबर छ ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...